0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका युवा नेता तथा सांसद सभापति रविन्द्र अधिकारीले सहकारीले अर्थतन्त्रको तेश्रो खम्वाको रुपमा काम गर्दै आएको बताएका छन्। शुभम् बचत तथा ऋण सहकारी संस्था पोखराको चौथो बार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै अधिकारीले पहिलो सार्वजनिक र दोश्रो निजी क्षेत्रले देशको अर्थतन्त्र धान्न नसकेको अवस्थामा तेश्रो खम्वाको रुपमा सहकारीले काम गर्दै आएको बताए ।
 
नेता अधिकारीले सहकारीलाई अघि सारेर केहि समूह धन्दा चलाउने उद्देश्यका साथ सहकारी भित्र छिरेको आरोप लगाए ।  न्यून तथा मध्यम बर्गको हितका लागि सहकारीले काम गर्नुपर्नेमा जोड दिंदै उनले भने–‘सहकारीमा अनियमितता गरेर सहकारीको बचत दुरुपयोग गर्ने जो कोहीलाई अब छाडिदैन, उनीहरुलाई हदैसम्मको कार्वाही हुन्छ ।’ सहकारी सम्बन्धी नियम कानून बन्दै गरेकोले जसले सहकारी को रकम अनियमितता गर्छ, त्यो कार्बाहीको भागीदार हुने बताए । नेपाल राष्ट्रिय वाणिज्य महासंघका उपाध्यक्ष तीर्थलाल श्रेष्ठले सहकारी सहकारीले धनी र गरिब बीचको खाडल अन्त्य गर्नमा ठूलो भूमिका रहेको बताउँदै अर्थतन्त्रमा ठूलो टेवा मिल्ने बताए ।
 
कार्यक्रममा अध्यक्षको प्रतिबेदन, सचिवको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन र लेखा सतितिको प्रतिवेदन क्रमशः चुडामणि बराल, सूर्य पौडेल, विष्णुहरि न्यौपाने, कृष्णप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए । शुभम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय वाणिज्य महासंघका उपाध्यक्ष तीर्थलाल श्रेष्ठ, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रविण पौडेल, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रजापति बाँंस्तोला, कानूनी सल्लाहकार पदमपाणि देवकोटा, उपाध्यक्ष आशिष सिंह, सचिव सूर्य प्रसाद पौडेल, शिक्षा उप–समिति संयोजक सुवास कुमार तिवारी लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ट बचतकर्ताबाट सुवास कुमार तिवारी, उत्कृष्ट ऋणिमा दुर्गादक्त भण्डारी र जेष्ठ सदस्यबाट शारदा शशिधर सम्मानित गरिएको थियो साथै महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेको संस्थाका महिला सदस्यहरुलाई दर खुवाईएको थियो ।

Post a Comment

 
Top