0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाले अशोभाविक तरिकाले बृद्धि गरेको एकीकृत सम्पति करको टोल विकास सस्था नगर समन्वय समितिले विरोध गर्ने भएको छ । टोल विकास संस्था नगर समन्वय समितिको पोखरा १२ को वडा कार्यालयमा भएको बैठकमा वोल्दै टोल विकास सस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले नगरपालिकाले अस्वभाविक ढंगले ५०० प्रतिशत भन्दा बढिले बृद्धि गरेको एकीकृत सम्पत्ति कर लागू नगर्न समन्वय समितिले नगरपालिकालाई ज्ञापनपत्र वुझाउन लागेको बताए । उनले नगर पालिकाले ५ वर्षसम्म एकीकृत सम्पत्ति कर बृद्धि नगर्ने भने पनि हाल बृद्धि गरेकोले नगरपालिका सगँ सम्पूर्ण नगरवासीहरु रुष्ट रहेको बताए । वैठकमा बोल्दै टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले नगर पालिकाले आफूले लागू गरेको धेरै जसो प्रतिवद्धता पुरा नगर्ने तर जनताले तिर्ने करमा मात्र बृद्धि गरेर अन्याय गरेको बताए । बैठकमा टोल विकास सस्था नगर समन्वय समितिका द्वितीय उपाध्यक्ष तिलक गुरुङले जनतालाई परेको मर्कामा नगरपालिकाले ध्यान दिनु पर्ने बताए । टोल विकास सस्था नगर समन्वय समितिका सचिव प्रकाश पौडेलले नगरपालिकाका विकास निर्माणका कार्यक्रममा जनसहभागिताका नाममा उठाउने गरीएको ४० प्रतिशत रकम हटाउनुपर्ने बताए । उनले आफूहरुले प्रत्येक वडाका टोल विकास समन्वय समितिका प्रतिनिधि तथा जनताहरुको सुझावहरुलाई नगरपालिकामा विज्ञप्तिको रुपमा वुझाउन लागेको बताए ।  बैठकमा स्वागत मन्तव्य पोखरा १२ टोल समन्वय सतिका अध्यक्ष भुवन प्रकाश आचार्यले गरेका थिए भने कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठ, सह–सचिव माया सुवेदी, पोखरा उपमहानगर पालिका १२ का सचिव श्रीकान्त तिमल्सेना, पत्रकार मनोहरि पौडेल लगायतले बोलेका थिए ।



Post a Comment

 
Top