0
नेकपा माओवादी केन्द्रका नेताले पहिचान भएका सुकुम्बासी लाई तत्काल लालपूर्जा दिनुपर्ने बताएका छन्। अखिल नेपाल सुकुम्बासी संघको ४ नम्बर प्रदेश भेलामा बोल्ने नेताले परिचयपत्र पाएका सुकुम्बासीलाई तत्काल जग्गाधनी प्रमाणपूर्जा दिनुपर्ने बताए । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रदेश संयोजक डिलाराम आचार्यले भूमिहिनलाई जग्गा दिन राज्य उदार बन्नुपर्ने धारणा राखे । उनले सुकुम्बासीले आफ्नो हकहितका लागि निरन्तर संघर्षमा जानुपर्ने बताए । माओवादी केन्द्रकै स्थायी समिति सदस्य हरि अधिकारी कुमारले सुकुम्बासीहरु संगठित भएमात्रै अधिकार प्राप्त गर्न सकिने विचार राखे। अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष टिकाराम गुरुङले विभिन्न जिल्लामा छरिएका सुकुम्बासीलाई गोलबन्द गरेर आन्दोलनको तयारी गरेको जानकारी दिए । भेलामा संघका केन्द्रीय सचिव प्रकाश खरेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप सुनार लगायतले बोलेका थिए । भेलामा नवलपरासी, कास्की र गोरखाका अध्यक्षले रिपोर्टिङ गरेका थिए । भेलाले संघका केन्द्रीय सचिव अर्जुन मल्लको संयोजकत्वमा ४ नम्बर प्रदेशको सम्मेलन आयोजक समिति गठन गरेको छ । ७५ सदस्यी आयोजक समितिले छिट्टै प्रदेश सम्मेलन गर्ने संयोजक अर्जुन मल्लले जानकारी दिए ।

Post a Comment

 
Top