0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सूचना समाज, पोखराद्वारा स्थापित सिआईएस पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार यदुनाथ बन्जरा पुरस्कृत हुने भएका छन । सामुदायिक सूचना समाज, पोखराद्वारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समितिको सिफारिसको आधारमा सस्थाले बन्जरालाई यस बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ र पत्रकार माधव पनेरु रहेको छनौट समितिले बन्जरालाई पुरस्कृत गर्न सिफारिस गरेको छनौट समितिका संयोजक कुशुमकेशब पराजुलीले जानकारी दिए । सिआईएसले यस बर्षबाट प्रत्येक बर्ष राष्ट्रिय सूचना दिवसको अवसर पारेर पोखरालाई कर्मथलोे बनाएर खोजमूलक पत्रकारिता गर्दै आएका एक जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरिसकेको छ । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्र रहेको छ । आगामी भदौ १ गते एक विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको हातबाट पुरस्कार प्रदान गरिने सामुदायिक सूचना समाजका महासचिव राजेन्द्र शर्माले जानकारी दिए । बन्जराले देशका बिभिन्न स्थानबाट प्रकाशित करिब आधा दर्जन सञ्चारमाध्यममा काम गरिसकेका छन् । पोखरामा रहेर २०५५ देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार  वञ्जरा जगन, ज्वाला, देशान्तर, कान्तिपुर टाईम्स साप्ताहिकमा काम गरिसकेका छन ।
यसैगरी पोखरामा रही  घटना र विचार साप्ताहिक, पोखरा आवाज राष्ट्रिय दैनिक, जनमन्थन साप्ताहिकमा काम गरिसकेका छन । वन्जरा बिगत ७ बर्षदेखि  पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकको प्रधान सम्पादक छन । उनी लामाचौर गुफा व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष समेत हुन् ।




Post a Comment

 
Top