0
लायन्स क्लव अफ सेती गण्डकीले जलवायु परिवर्तन सम्बन्धी सोमबार पोखराको गैह््रापाटनमा रहेको पश्चिमाञ्चल उच्च माविमा सचेतना कार्यक्रम आयोजना गर्यो । क्लवको एक हप्ते विभिन्न कार्यक्रम (वल्र्ड वाईड विक अफ सर्भिस अफ युथ कार्यक्रम) अन्तर्गत चौथो दिनमा पश्चिमाञ्चल उच्च माविका कक्षा ११ र १२ का छात्रछात्राहरुलाई जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष सुनयना पालिखेले बताईन ।
 
लि–वर्डका कार्यक्रम अधिकृत ईप्सा पालिखेले सहजीकरण गर्दै पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा मौसममा परिवर्तन हँुदै आएकोले वातावरण संरक्षणमा युवा बर्गहरुको चासो आवश्यक भएको बताईन । क्लवका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका प्राचार्य तारा बहादुर घिमिरे, लायन्स क्लवका डिष्ट्रिक्ट एड्भाईजर सुचित्रा थापा, कार्यक्रम संयोजक सुभद्रा श्रेष्ठ लगायतले वातावरणको बारेमा चर्चा गरेका थिए । युवा परिवर्तनका संवाहक वर्तमानका साझेदारी भएकोले युवा लक्षित गरी युवाहरुलाई वातावरण संरक्षणमा कर्तव्य वोध गराउन पनि बिद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष पालिखेले बताइन ।  मंगलबार प्रभा कोइरालाको संयोजकत्वमा सिमलचौरमा रहेको चिल्ड्रेन सेन्टरमा रहेका सडक बालबालिकाहरुलाई खाना खुवाउने कार्यक्रम तय गरिएको अध्यक्ष पालिखेले बताईन। आईतबार सविन विजुक्छेको संयोजकत्वमा पोखराको नयाँबजार क्षेत्र स्थित सेतीनदी किनारामा बृक्षारोपण कार्यक्रम आयोजना भएको सचिव मिना गुरुङले बताईन ।







Post a Comment

 
Top