0
लेखनाथ उद्योेग वाणिज्य संघको आयोजना तथा आईएलओ (विजनेश हेल्प डेक्स)को सहयोगमा लेखनाथ र परिषदका गा.वि.सका व्यवसायीहरुलाई कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । राजस्व परामर्श समितिका संयोजक भक्तवहादुर के.सीको संयोजकत्वमा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले व्यवसायीहरुलाई कर सम्वन्धी प्रशिक्षणले आफ्नो व्यवसाय संचालन गर्नलाई निखरता आउने र व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने धारणा राख्दै यस प्रकारका प्रशिक्षण कार्यक्रम आगामी दिनमा वस्तुगत रुपमा संचालन गरिने जानकारी दिएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरीले धेरै व्यवसायीहरुले कम ज्ञानताका कारणले समस्या परेको हुँदा नबुझेका कुुराको प्रशिक्षण कार्यक्रममा राम्रोसंग वुभ्mनका लागि आग्रह गरेका थिए ।  कर सम्वन्धी प्रशिक्षण प्रशिक्षकद्वय चार्टर एकाउन्टेन प्रकाश अधिकारी र लेखा परिक्षक सोभित श्रेष्ठले कर, भ्याट, विल काटने तरिका, आय व्यय हिसाव राख्ने तरिका, लगायतका विषयमा कार्यपत्र मार्फत प्रशिक्षण गराएका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं सल्लाहकार, संघका साधारण, एसोशियट र संस्थागत सदस्यहरु, वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, वजार व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि विभिन्न उपसमितिका संयोजक र उद्योगी व्यवसायीहरुले आफुले नवुझेका कर सम्वन्धी जिज्ञासाहरु राखेका थिए । संघका कार्यसमिति सदस्य एवं तालिम गोष्ठी सेमिनार व्यवस्थापन उपसमितिका संयोजक ऋषीराम जमरकट्टेल, प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी लगायतले बोलेका थिए ।










Post a Comment

 
Top