0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा फिस्टेल सिटीद्वारा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । ५०औं पटक रक्तदान गर्ने रक्तदाता पत्रकार कृष्ण थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै सशस्त्र प्रहरी उपरीक्षक फणिन्द्रराज पौडेलले रक्तदान कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा पहिलो रक्तदाता कृष्ण थापाले स्वस्थ जीवन र आत्मसन्तुष्टि एवं मानवीय कार्यमा रक्तदानले सह्रानीय कार्य भएको बताए । रक्तदानमा पहिलो पटक रक्तदान गर्ने संख्या बढी रहेको र यसले लायन्सले लिएको मानवीय सहयोगमा महत्वपूर्ण योगदान दिने लायन्स ब्लड कार्यक्रम अध्यक्ष किशोर बरालले बताए । क्लवका अध्यक्ष इन्जिनियर सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्रका बरिष्ठ प्राविधिक अर्जुन ज्ञवाली संस्थापक अध्यक्ष एकनारायण ढकाल, पूर्व अध्यक्ष बाबुराम अधिकारी, कार्यक्रम संयोजक परमेश्वर दाहाल, सचिव सावित्री भट्टराई लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।


Post a Comment

 
Top