0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीको तेस्रो बैठकले थप ९ जना जिल्ला कार्यसमिति सदस्यको मनोनय गरेको छ । जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा बसेका बैठकले नारायण गुरुङ्ग, ध्रुव गुरुङ्ग, टेक बहादुर थापा, ओम बहादुर कार्की, ईश्वरी बैरागी, लालबहादुर नेपाली, पद्मकुमारी कोइराला, हाजी भाकुनदिन मिया र कुन्ती कुमारी गुरुङ्गलाई सदस्यमा मनोनयन गरिएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी  दिए । बैठकले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले भदौ १५ गते नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आयोजना गर्न लागेको चेलीबेटी भेटघाट कार्यक्रममा राप्रपा नेपाल कास्कीले सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।  कार्यक्रममा सम्पूर्ण चेलीबेटीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।
कार्यक्रम संयोजक गीता गुरुङ्गले तीजको सद्भाव बचाउन नेपाली परम्परालाई सदाबहार राख्न र हिन्दू राष्ट्रको साख बचाउन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाउन आग्रह गरेका थिए।बैठकले भदौ ३१ मा हुन गइरहेको पोखरा उद्योग वाणिज्य संघको अधिवेशनलाई राष्ट्रवादी शक्तिहरु एक भएर सहयोग गर्ने निर्णय समेत गरेको छ । साथै बैठकले स्थानीय पुनःसंरचना बारे बाँकी रहेको गाउँ र वडा कमिटी गठन, गठन भएको वडामा टोल समिति गठन, आगामी असोज २ गते ११ जिल्लाबाट ५ जना महिला प्रतिनिधि सहभागी सहभागी गराई प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय गरेको छ। बैठकको संचालन जिल्ला सचिव कृष्णराज अधिकारीले गरेका थिए ।



Post a Comment

 
Top