0
 सामरिक तथा ऐतिहासिक महत्वका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी पोखरी संरक्षणको पर्खाइमा छन् ।गाउँ गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी र  पोखरी भत्काइएको तथा  भएकाहरूको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका दुई दर्जनभन्दा बढी चौतारी र पोखरी अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । बाइसे चौबीसे राज्य अन्तर्गत ऐतिहासिकस्थल मानिने ज्यामरुककोट, ताकमकोट, ढोलठान लगायत स्थानमा रहेका ऐतिहासिक चौतारी अहिले खण्डहरमा परिणत भएको जिविस म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए । ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले शत्रुमाथि निगरानी राख्नका लागि बनाएको फूलपाती चौतारी, बेनी डम्मरा चौतारी, गौडालाउने चौतारी लगायत चौतारी मर्मतसम्भारका अभावमा अहिले जीर्ण बन्दै गएका छन् । त्यसैगरी सामरिक र ऐतिहासिक महत्वका ज्यामरुककोटमा अवस्थित खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरपर रहेका कुवा र पोखरी अहिले एकादेशका कथामा परिणत भइसकेको स्थानीयवासीले बताएका छन् । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका त्यस्ता स्थलको संरक्षण गर्न सरोकार भएका निकायको ध्यान नपुगेकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

















Post a Comment

 
Top