0
गोल्डेन न्यूज संवाददाता
संघीतामा स्थानीयतहको पुनःसंरचनाको काम अघि बढेको वेला नेकपा माओवादी केन्द्र कास्कीले सोमबार जिल्लाका ३२ वटा गाविसका पार्टी अध्यक्ष, उपाध्यक्ष तथा सचिवहरुसँग यसवारेमा अन्तरक्रिया गरेको छ । छलफलमा सहभागी गाउँकमिटीका प्रमुखहरुले स्थानीयतहको पुर्नसंरचना गर्दा भौगोलिक, स्थानीय स्रोत साधन तथा वसोवासको हिसावले समेत उचित हुनेगरि स्थानीय तहको पुनःसंरचना हुनुपर्नेमा जोड दिएका थिए। कास्कीमा स्थानीयतह पुनःसंरचना प्राविधिक समितिले प्रस्ताव गरेको ५ वटा स्थानीय निकायको खाका वैज्ञानिक नभएको उनीहरुले बताएका थिए । कार्यक्रममा  नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक राजकाजी गुरुङ (करण) ले अहिलेको स्थानीय निकाय पुनःसंरचनाको खाका संविधानको मर्म विपरित भएको बताए । स्थानीय तहको पुनःसंरचना गर्दा एउटा गाँउपालिकामा कम्तिमा पनि २५ हजार जनसंख्या हुनुपर्ने मापदण्डले गर्दा अहिले भएका धेरै गाविसहरु मिलाएर एउटा गाउँपालिका बनाउनुपर्ने बाध्यताको कारण जनताले अहिलेभन्दा पनि वढि दुःख र झन्झट वेहोर्नु पर्न सक्ने भन्दै नेता गुरुङले अहिलेको मापदण्ड अव्यवहारिक भएको बताए । कास्कीका स्थानीयतहको केन्द चयन गर्दा जनताले विहान गएर आफ्नो काम सकेर बेलुका घर फर्किनसक्ने गरि तोक्नुपर्ने बताउँदै पूर्व सभाषद समेत रहेका नेता गुरुङले कास्कीमा ७ देखि १० वटा स्थानीयतह बनाउन उपयुक्त हुने स्पष्ट पारे । पोलिटव्युरो सदस्यद्धय झलकपाणि तिवारी तथा  लोकवहादुर थापाले जनताले आफ्नै घर आगँनवाट सहज र सरल रुपमा सेवा प्राप्त गर्न सक्ने गरि स्थानीय जनताको भावना अनुसार गाउँपालिका तथा त्यसको केन्द्र चयन गरिनुपर्ने वताएका थिए । पोलिटव्युरो सदस्य नेकपा माओवादी केन्द्र कास्कीका संयोजक राजकाजी गुरुङ (करण)को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दुर्गा विकले स्वागत तथा केन्द्रीय सदस्य गंगा पोखरेलले कार्यक्रम संचालन गरेका थिए । सोही कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव) माओवादी कास्कीका जिल्ला सदस्य तथा कास्कीकोट, भदौरेतामागी, चापाकोट गाउँ समितिका ईन्चार्ज नारायण वहादुर अधिकारी र राष्ट्रिय जनस्वयम् सेवकका क्षेत्रीय सदस्य सुवास नेपाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टी पोलिटव्युरो सदस्यहरुले पार्टीमा स्वागत गरका थिए ।






Post a Comment

 
Top