0
गोल्डेन न्यूज संवाददाता
संघीय संरचनामा जाने भएपछि कास्कीमा स्थानीय तह पुनर्संरचनाको काम अघि बढेका बेला भदौरे तामागीबासीले गाउँ पालिकामा नभइ नगरपालिकामा राख्न माग गरेका छन् । सोमबार जिल्ला विकास समितिमा ग्यापनपत्र बुझाउदै पोखरा उपमहानगर पालिकमा समायोजन गर्न माग गरेका हुन् । भदौरे तामागीबाट आएका जनताले आफुहरुलाई प्रस्तावित अन्नपूर्ण गाउँपालिकाको लुम्ले केन्द्र पायक नपर्ने भन्दै स्थानीय विकास अधिकारी दामोद भण्डारीलाई ज्ञापनपत्र बुझाए । उनीहरुले प्रस्तावित अन्नपूर्ण गाउँपालिकामा जान भन्दा आफूहरुलाई पोखरा उपमहानगर पालिमामा नै आउने सजिलो हुने, फेवा जलाधार क्षेत्र पोखरा उपमहानगर पालिका र अन्नपूर्ण गाउँपालिकामा पर्दा विखण्डन हुने, पानी ढलो कायम नहुने स्थिति हुने, पञ्चासे संरक्षण क्षेत्र विखण्डन हुने लगायतका कारण देखाउँदै पोखरा नगरपालिकामा समायोजनको माग गरेको ज्ञापनपत्रमा उल्लेख छ । जिल्ला विकास समिति कास्कीले गठन गरेको प्राविधिक समितिले बनाएको खाकामा भदौरे तामागी अन्नपूर्ण गाउँपालिकामा परेको छ । प्रस्तावित खाका अनुसार हालसम्म भदौरे तामागी गासिवबाट सेवा लिईरहेका गाविसका नागरिकहरु अब पोखरा हँुदै लुम्लेसम्म पुग्नुपर्ने बाध्यता हुन्छ । ग्यापनपत्र बुझाउन आएकी भदौरेतामागी–५ ठुलाखेतकी शान्ती पराजुलीले लुम्ले आफूहरुका लागि उपयुक्त नुहने बताइन् । उनले आफूहरुलाई आउ–जाउको बाटो नमिल्ने र टाढा पर्ने बताइन् । त्यसैगरि लक्ष्मीप्रसाद भण्डारीले भदौरे तामागी, चापाकोट, ढिकुर पोखरी, कास्कीकोट मिलाएर नयाँ गाउँ पालिका बनाउनुपर्ने बताए । उनले त्यसो गर्न नसकिने भए पोखरा उपमहानगरपालिकामा नै मिलाउनुपर्ने बताए । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अहिलेसम्मको प्रारम्भिका खाका मात्रै भएको भन्दै जनताको मागलाई सम्बोधन हुने गरि गाउँपालिका निर्माण गर्ने बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा विष्णु दाहाल, सूर्य भण्डारी, तारानाथ भण्डारी, गगा भण्डारी, विष्णु प्रसाद भण्डारी लगायतले पोखरा उप–महानगर पालिकामा नै भदौरेलाई समायोजन गर्नुपर्ने बताएका थिए ।



Post a Comment

 
Top