0
राजाराम पौडेल÷गोल्डेन
यतिबेला रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा तीज गीतकै चर्चा छ । यसले तीज आउन झण्डै डेढ महिना बाँकी रहेपनि यसको रौनकता ह्वात्तै बढेको छ ।  तीजका गीत बजारमा कती आएका छन् भन्नेबारे आधिकारीक रेर्कड नभएपनि विभिन्न माध्यमबाट सयौँको संख्यामा तीज केन्द्रित गीत आएका छन् ।  यसरी आएका गीत मार्फत  आम्दानी गर्न अधिकांश कलाकार असफल भएपनि वर्षैपिच्छे  रेर्कड गर्ने क्रम भने बढ््रदै गएको छ । रहरले तीज गीत निकाल्नेहरु पनि छन् । चर्चामा आएर देश विदेशका कार्यक्रममा सहभागी भई मनग्गे आम्दानी गर्ने लक्ष्यले गीत निकाल्नेहरुको कमि छैन । संस्कृतिको संरक्षण तथा तीजको मौलीकताको रक्षा गर्ने उद्धेश्य राख्नेहरुले समेत निरन्तरता दिदैछन् । तर यसरी आएका अधिकांश गीत मिडिया र सामाजिक सञ्जालमा मात्र सीमित छन् । बजारमा एल्बमको रुपमा पुग्ने गीतको संख्या धेरै हँुदैन । गीत हेर्न र सुन्नका लागि एल्बम किन्ने क्रम प्रायः ठप्प जस्तै भएकोले यस्तो अवस्था आएको हो । यसपालीको तीज गीतमा पानी जहाज खरिद गर्ने, घर–घरमा ग्यासँ पाइप जोड्ने देखि नयाँ पार्टी खोल्ने कुरा तीज गीत मार्फत पस्किएको छ ।
प्राज्ञ समेत रहेकी लोक गायिका हरीदेवी कोइराला रत्यौलीका भाका तीज गीतको रुपमा बजारमा आएको गुनासो गर्छिन् । ‘तीजका गीतले बाटो फे¥यो, आफ्नोपन र मौलीकता छैन’ मिडियाले तीजको विशेषता नभएको गीतलाई प्राथमिकता दिन नहुने उनको तर्क छ । तीजको रौनकता हराउदै गएकोमा समेत कोइराला चिन्तित छन् । उनले वि.स. २०४५ सालबाट निरन्तर तीजका गीत दर्शक श्रोतामाझ पस्कदै आएकी छन् । उनका २५ भन्दा बढी तीजका मात्र एल्बम आएका छन्। उनका गीतले सन्देशसँगै संस्कृतिको संरक्षणमा जोड दिन्छ । ‘पहिलाको तीजमा दुध र घिउ थालमा, मोही पनि छैन है हाम्रा पालामा’ भन्दै महंगीको बारेको गीत उनले दर्शक श्रोता माफ पस्केकी छन् । शान्ति गुरुङ, वालुमाया, लक्ष्मी गिरी र दुर्गा गुरुङसँग मिलेर यो गीत निकालेकी हुन्। उनले लक्ष्मी गिरीको सहकार्यमा तीजको उमंग छायो बरिलै बोलको चेतना मूलक गीत यसपाली ल्याएकी छन्।
तीजलाई केन्द्रित गरेर बजारमा आएका अन्य गीतमा अरविन्द भट्टराईको घर–घरमा ग्याँस पाइप, सहिमा श्रेष्ठको तीजको बेलामा नौरङ्गी सारी, मिना लामाको हामी नेपाली नारी, सोनिका लामा केसी र निश्चल बस्नेतको उखलदिम्ला दाह्री, खुमन अधिकारी र राधिका हमालको कोरियाको लाहुरे, प्रेम विवश घर्तीको छोटो–छोटो चोली र हैट, देविका केसीको मेरो मुटुमा, कृष्ण अखेलीको भाडा तिरम्ला भाग–२, मञ्जु पौडेलको खैत बाबा बुझेको कुरा, श्रीदेवी देवकोटाको लाए खोल्दीन्छु, नविन पौडेल र देवी हमालको नयाँ पार्टी खोल्छु, केशव घिमिरेको शब्दमा प्रदिप त्रिपाठी र प्रियाकां पराजुलीको आवाजमा टुंगै छैन बाइ र मेरो भाइ, देवी घर्ती र राजेन्द्र कँडेलको रहरैको तीज, भागिरथ चलाउने र भुमिका गिरीको नरिसाउनु कान्छु, खुमन अधिकारी र रमिला न्यौपानेको पंंखा चलाइदेउ, पशुपति शर्मा र सम्झना भण्डारीको बत्ति बाल्नै पर्दैन, देवी घर्ती र राजु ढकालको माइतिले नौगेडी ल्याइदिए, प्रकाश कटुवाल र निता ढुङ्गानको केटी मिलाउने रहेका छन् ।
यसैगरी नवराज पाण्डे र निरु गुरुङको तेरी स्वास्नी पोइला गई, पार्वती जिसी र पशुपति शर्माको कहाँ बज्यो मुरली, राधिका हमाल र  प्रेम घर्तीको छमछम, पशुपती शर्मा र गीता भट्टराइको नक्कलीले खायो मेरो देश, तेजस रेग्मी र मिरा कौशलको कोखाई–कोखाई हाम्म, मिना लामाको हामी नेपाली नारी, खुमन अधिकारी र बन्दना पाण्डेको जोडि मिल्ने हाम्रै, बैकुण्ठ शर्मा र सितल शर्माको पानी जहाज, तिलक बेलवासे र रुक्मिना घिमिरेको बिहेको वर्षा, राधिका हमाल, सन्तोष केसी र ज्ञानु मगरको भट्टिकि साहुनी, अमृता लामिछानेको पोखरा बजारमा, तेजस रेग्मी र कल्पना काफ्लेको रैछौनी गफि, सिलु भट्टराइको र खुमन अधिकारीको भँगेरी चरिले, खुमन अधिकारी र कल्पना काफ्लेको काँचो–काँचो बेल, राधिका हमार र कृष्ण सुवेदीको मेरी दुलही, सरिता गुरुङको म राम्री छैन र, टिका पुनको हो मेरो सारी, भुमिका शाहको ए बुद्ध, देवी घर्ती र सुर्य खड्काको जय होस्, सरस्वति परियारको चुरा बजाउँदै, विधान कार्की र रितु थापाको मुन्द्रा लाउनु पर्दैन, कोमल वली र पशुपती शर्माको लास्टै चोटी हो, राजु ढकाल र शान्ति भण्डारीको मैले रोजेको, विज्ञान रोकाय र सीता माझीको पशुपति गेटमा, सुनिता पौडेलको तीज आयो, विष्णु खत्री र गोपाल नेपालको दिदिको पाउँ ढोग, खुमन अधिकारी र हेमा रानाको रातो सारिलाई, विधान कार्की र शकुन्तला ढकालको बटौलीमा जाम रहेका छन् ।
राजन कार्की र निसा पोखरेलको आवाजमा आधि खोला कहाँ जाने होला, लक्ष्मी नेपालीको आवाजमा मन भरी माइतकै झल्को, कुसुम केसी र सन्तोष सुवेदीको हाई हाई, केशव घिमिरेको पुराना भाका हराएछन्, दिपक कार्कीको मेरि सानु, चोलेन्द्र पौडेल र तुलसा जिसीको दिलभित्र चित्र, प्रिति राईको जाँड खान छोड्देउ, मोहित मुनाल र विन्दु परियारको सोलो मोसन, सञ्जय सौगातको सगै बसम भो, खुमन अधिकारीको भन्न बाचे म, कुष्ण बाबु र शिलु भट्टराइको भाँच्न कमर भाँच, संगीता बस्यालको पार्टी प्यालेसमा डान्स, अम्बिका भण्डारीको नभैदेन मेरो मन दुखी, खुमन अधिकारी र तोला चन्द्र ठकुरीको आजकाल मेरा बुढाको, कोमल वलीको झुम्के फुली, केशव घिमिरेको पुराना भाका त हराएछन्, सुरेन्द्र गुरुङ्ग र दिलु लामाको मलाई मात्र टेन्सन लगायतका गीत रिलिज भइसकेका छन् । स्वदेशमा मात्र नभएर विदेशमा रहेका कलाकारले तीजको अवसरमा गीत पस्केका छन् ।
यसरी तीजलाई केन्दि«त  गरेर सयौँ गीत बजारमा आइसकेका छन् । यो क्रम अझै तीजको दिन सम्म जारी रहनेछ । वर्षेपिच्छे तीजका गीतले विसंगती भित्रियो भनेर आलोचना भएपनि यसलाई रोक्न सकिएको छैन । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रजापती पराजुली विकृती भित्रिएका गीतलाई दर्शक श्रोताले साथ दिएकोले यस्तो अवस्था आएको बताउँछन् । केहि गीतमा विकृति देखिएपनि केहि गीतले तीजको मौलिकताको रक्षा गरेको उनको तर्क छ ।
लोकदोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तारापती सुवेदी रत्यौली गीतलाई तीज गीत भन्दै बजारमा ल्याउनु बिडम्बना भएको बताउँछन् । यसले नयाँ तथा पुराना सबै कलाकारलाई असर पार्ने तर्क उनले गरे । यता लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङ हाल आएका अधिकांश गीतमा विकृती देखिएको स्विकार्छन् । गीत दर्शक श्रोतामाझ पस्कने श्रष्टाले परिवारका सबै सदस्य सँगै बसेर सुन्न र हेर्न सक्ने गीत छ की छैन विचार गरेर मात्र गीत निकाल्नुपर्ने तर्क उनी गर्छन् । अर्का लोकदोहोरी गायक घनश्याम रिजाल विकृती भित्रिन नदिन स्वंम कलाकार सुध्रिनुपर्ने तर्क गर्छन् । लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारी कुनै पनि निकायले सेन्सर गर्ने अधिकार नपाउँदा सम्म यो अवस्था रहिरहने तर्क गर्छन् । समयको मागका कारण तीज गीतमा नयाँपन थपिएको तर्क गर्ने कलाकार पनि छन् । तीजको अवसरमा गीत दर्शक श्रोतामाझ ल्याएका कलाकार भने अरुको भन्दा आफुले वास्तविक तीज गीत निकालेको दावी गर्छन् । गायीका अम्बिका भण्डारीले रत्यौली गीतलाई तीज गीत भन्न नहुने बताउँछिन् ।
तीजको अवसर पारेर नेपालका अधिकांश ठाउँमा विभिन्न संघ–संस्थाले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै छन् । स्वदेश र विदेशमा हुने यस्ता कार्यक्रममा सहभागीता जनाउन केही कलाकारलाई भने भ्याईनभ्याई छ। विगतको तुलनामा एल्बम बजारमा ल्याउदाँको लगानी बढेपनि प्रतिफल भने शुन्य रहेको छ । हाल एक गीतका रेकडिङ्ग देखि म्युजिक भिडियो गरेर न्युनतम एक लाख देखि अधिकतम् पाँच लाख सम्म खर्च हुने गरेपनि विक्रि भने शुन्य रहेको छ । प्रायोजक र डोनर मार्फत  एल्बम निकाल्नेहरु धेरै छन् ।  समुहमा मिलेर रकम संकलन गरी संयुक्क्त एल्बम निकाल्नेहरु पनि छन्  ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष् ि।अयm

Post a Comment

 
Top