0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार नारायण कोईरालाले आफू कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् । आकांक्षीको संख्या बढी भएपछि मिलाउने प्रयास स्वरुप उनी पछि हट्न सक्ने आशंका ब्यक्ति भईरहेका बेला उनले निर्वाचन परिणमलाई स्वीकार गर्ने तर कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारेका हुन् । उनले अध्यक्षमा आफूले उम्मेदवारी दिने स्पष्ट पारेका हुन् । उनले भने ‘अध्यक्षबाट ब्याक हुन्छ भन्ने कुनैपनि आशंका नगर्न आग्रह गर्छु र निर्वाचन मार्फत प्रतिश्पर्धामा उत्रन्छु ।’ अध्यक्षमा आफ्नो उमेदवारी यथावत रहने उनले बताए । २०६३ सालमा निर्वाचित सदस्यको रुपमा संघ प्रवेश गरेका कोईराला निरन्तर कार्यसमिति सदस्यमा रहदै अघिल्लो सञ्जिव बहादुर कोइरालाको कार्यकालमा महासचिव भएका थिए । ब्यवसायिकरुपमा उनी न्यू नयन गिफ्ट एण्ड किचन, एनएस किचन कलेक्सनमा आबद्ध छन् । कोइराला सहित अध्यक्षको अर्का आकांक्षी ईश्वर कर्माचार्य पछि हट्ने भनिएपनि कमाचार्यले अध्यक्षमा उमेदवारी कायमै रहेको बताएका छन् । त्यस्तै धनीराम बरालले पनि उम्मेदवारी कायमै राख्ने भएपछि अध्यक्षमा ६ जनाकै बीचमा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । हिरा भट्टराई, देव क्षेत्री र विश्वशंकर पाखिले आफ्नो पक्ष वलियो बनाउन तल्लिन छन् । संघको ३१ औं महाधिवेशन भदौ ३१ र असोज १ गते हुदैछ । २० गतेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ भने नयाँ कार्यसमितिको लागि असोज १ गते मतदान हुनेछ । संघमा झण्डै ३१ सय मतदाता छन् । यसैगरी पोखरा–७ मासबारका युवा उद्यमी नवीन बरालले पोउवासंघको उप–महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  बराल पोखराको १७ विरौटामा रहेको अन्नपूर्ण आयल डिष्ट्रिव्युर्टसका सञ्चालक हुन् भने समय शिक्षा सेवीका रुपमा पनि स्थापित भइसकेका छन् । उनले वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमी विरौटामा सञ्चालन गर्दै आएका छन् । विभिन्न वित्तिय संस्थामा आवद्ध बराल सामाजिक संघ संस्थामा पनि त्यतिकै आवद्ध छन् । व्यवसायीक हकहितका लागि आफ्नो उम्मेद्धवारी रहेको दाबी गर्ने बरालले युवा अवस्थामै सफल व्यवसायीको रुपमा रहँदै आएका छन् ।
यस्तै  पोउवासंघका वर्तमान कार्यसमिति सदस्य पवन प्रजापति र कपडा व्यवसायी जनकराज पराजुलीले कोषाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । संघमा दुई कार्यकाल सदस्यको रुपमा बिताएका प्रजापतिले संघमा रहँदा विभिन्न उपसमितिमा बसेर व्यापारीको हितको लागि काम गर्दै आएका छन् भने पराजुली यसअघि सदस्य पदमा पराजित भएका थिए) । किचनका सामाग्रीको पसल अलावा प्रजापति रियलस्टेट र फिल्म निर्माणमा समेत सक्रिय छन् भने पराजुली कपडाका साथै विभिन्न व्यवसायमा सक्रिय छन् ।



Post a Comment

 
Top