0
प्रकृति–मानव केन्द्रित जन अभियान नेपाल कास्की एकाईको पोखरा–१०, शिवचोक स्थित एकता क्लवको भवनमा प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो । सम्मेलनबाट डी.बी विश्वकर्माको अध्यक्षतामा सचिव नर्वु योल्मो, कोषाध्यक्ष भोजेन्द्र पाण्डे लगायत २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । वर्तमान वास्तविक विश्वमा घटित घटनाक्रमहरुले एकातर्पm मानव तथा प्राणी जगतमा पर्यावरणीय जोखिम र अर्कोतर्पm गम्भीर संकट पैदा गराईरहेको छ । पर्यावरणीय विनास तर क्लोरो, फ्लोरो, मिथेन तथा कार्वन डाइअक्साइड जस्ता खतरनाक ग्याँसहरुको अत्याधिक उत्सर्जनको कारण मानव र समस्त प्राणीजगत नै जीवन–मरणको मुखमा फस्न लागेको अवस्था सिर्जना भएको छ । त्यसैले “जव प्रकृति वाँच्छ तव हामी सम्पूर्ण मानव तथा जैविक जिवन सम्भव छ”  समयमै सचेत हूँदै र सचेतना फैलाउँदै पर्यावरणीय बचाउको अभियानमा लाग्नुपर्ने आवश्यकता माथि वक्ताहरुले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रकृति–मानव केन्द्रित जन अभियान नेपालका केन्द्रीय अध्यक्ष उत्तम कँडेल, उपाध्यक्ष सन्तबहादुर घिसिङ्ग, गजेन्द्र अर्याल, प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष भिम रानाभाट, एक बहादुर केसी, बुद्धि बहादुर नेपाली लगायतले बोलेका थिए ।  पे्रमबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भोजेन्द्र पाण्डेले राखेका थिए भने कार्यक्रमको संचालन डी.बी विश्वकर्माले गरेका थिए ।

Post a Comment

 
Top