0
गोल्डेन न्यूज संवाददाता
नेपालको सबै भन्दा ठूलो इलेक्टूोनिक्स ब्राण्ड सि.जी. ले आर्थिक वर्ष ०७३÷७४ सुरु भए सँगै आफ्नो एल.इ.डि. टि.भी.हरुको लाईनप बिस्तार गरेको छ ।जस अन्तर्गत लोडसेडिङ्ग झेलिरहेको नेपाली जनतालाई लोडसेडिङ्गको बेलामा पनि टि.भी सजिलै हेर्न पाउनेगरि ब्याटिू कम्प्याटिबल टि.भीहरुको लाईनप थप गरेको छ ।यो टि.भी.हरु १२ भोल्टबाट सजिलै चल्न सकिने एल.इ.डि. टि.भी हो ।ग्राहकहरुको ध्यनमा राखि यो टि.भी. बिभिन्न साईजहरु २० इन्च, २४ इन्च र ३२ इन्च मा उपलब्ध रहेको छ  यो टि.भी नेपालको ग्रामिण क्षेत्रमा बसोबास गरिरहेका तथा लोडसेडिङ्ग झेलिरहेका ग्राहकवर्गहरुलाई ध्यानमा राखि बजारमा ल्याइएको हो ।सोलार प्यालनबाट चार्ज गरिएको ब्याटूीबाट चलाउन सकिने यो टि.भीहरुको विशेषता भनेकोे ए.सी. तथा डि.सी. दुबै पावर सप्लाईबाट चल्ने रहेको छ ।ए.सी.  बाट चलाउनको लागि यसलाई एउटा एक्स्र्टनल एडेप्टर उपलब्ध गराईएको छ ।जसको काम भनेको चट्याङ्ग पर्दा पनि टि.भी. को इन्टरनल मदरबोर्डलाई पावर फ्ल्कचोयसन बाट जोगाउनु हो ।त्यसैगरि डि.सी. बाट चलाउनको लागि यो टि.भी. सँग डि.सी. केबल पनि उपलब्ध गराईएको छ ।यसबाहेक यो टि.भीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ ।जसको कारणले आवाजमा निकै सुधार आउँछ र राम्रो सुनिन्छ ।


Post a Comment

 
Top