0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले पोखराका दुई गुफा अवलोकन गरेका छन् । शनिवार विहान पोखरा १६ को महेन्द्र गुफा र चमेरा गुफा अवलोकन गरेका हुन् । प्रमुख आयुक्त वास्कोटाले सरकारले पर्यटकीय महत्व वोकेको गुफा हरुको संरक्षण र विकासका लागि राष्ट्रिय स्तरको गुफा विकास समिति गठन गर्न आवश्यक रहेको औल्याएका छन् । उनले गुफाको विकास र प्रवद्र्धनका लागि गुरु योजना बनाउन अनुरोध गर्दै त्यसमा आफूले सक्दो सहयोग गर्ने बताए । गुफा क्षेत्र विकास तथा सामुदायिक विकास संस्थाका अध्यक्ष केशव बहादुर वस्नेत गुफा विकास अभियन्ताहरु गुरुदत्त भट्टराई, गोविन्द वस्नेत, शिवराज देवकोटा लगायतले गुफाको विकास र यसको महत्वका वारेमा जानकारी गराएका थिए । गुफा पर्यटन विकास समितिका संयोजक यदुनाथ वञ्जाराको अग्रसरतामा आयोजित कार्यक्रममा सामुदायिक सूचना समाज पोखराका अध्यक्ष दिपक आचार्य महासचिव राजेन्द्र शर्मा सूचना अधिकारी माधव पनेरु लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top