0
गोल्डेन न्यूज संवाददाता
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आईरहेको संस्था आईडियाज फर जनप्रिय बहुमुखी क्याम्पसले शनिबार फेवाताललाई कुरुप बनाउँदै लगेको जलकुम्भी झार व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सदस्यहरु उपस्थित भई करिब ५ क्वीन्टल भन्दा बढी जलकुम्भी फेवातालबाट निकालेका हुन । संस्थाले शनिबार विहान ७ बजेदेखी करिब १२ बजेसम्म जलकुम्भी झार फाल्ने काम गरेको थियो । “हामीले फेवातालमा रहेको सबै जलकुम्भी व्यवस्थापन गर्न नसके पनि फेवातालमा रहेका यस सम्बन्धी संस्थाहरुलाई सन्देश दिन खोजको” संंस्थाका अध्यक्ष किशोर पौडेलले बताए । साथै संस्थाका अध्यक्ष पौडेलले फेवातालमा रहेको जलकुम्भी झारलाई व्यस्थापन गर्न फेवातालको पानी सफा हुनु पर्ने बताएका थिए। शनिबार यस संस्थालाई जलकुम्भी झार व्यवस्थापन गर्न सहयोग गर्ने डुङ्गा व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेको संस्थाका उपाध्यक्ष संजय थापाले बताए । कार्यक्रममा संस्थाले अब पनि जलकुम्भी व्यवस्थापन र फेवातालको पानीलाई दुर्गन्धित हुन बाट नरोके फेवातालको अस्तित्वनै खतरामा पर्ने बताएका थिए । 


Post a Comment

 
Top