0
गोल्डेन न्यूज संवाददाता
शुभकामना महिला विकास केन्द्रको पोखरा उप–महानगरपालिका वडा नं. ४, सिद्धार्थचोकको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले भवानी माकाजुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित माकाजू यसअघि राधिका थापा नेतृत्वको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेकी थिइन । उनी यो संगै अन्य विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध छिन् । यसैगरी केन्द्रको प्रथम उपाध्यक्ष कौशिला गुरुङ्ग, द्वितीय उपाध्यक्ष सुमिता श्रेष्ठ, सचिव मनलक्ष्मी कार्की, सह–सचिव सविता शर्मा पराजुली, कोषाध्यक्ष ज्ञानु श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा सरिता पराजुली, शुष्मा पराजुली, सुमित्रा के.सी., रजनी श्रेष्ठ, ललिता श्रेष्ठ, र ईन्द्र श्रेष्ठ रहेका छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दै जिल्ला विकास समिति कास्कीका सामाजिक विकास प्रमुख अर्जुन न्यौपानेले सामाजिक क्रियाकलापमा महिलाको सक्रियताले सकारात्मक सन्देश दिएको भन्दै नेतृत्व विकास सामाजिक संघ–संस्थाहरु लाग्नुपर्नेमा जोड दिए । उनले शुभकामना महिला विकास केन्द्र पोखराका उत्कृष्ट सामाजिक संस्थाको रुपमा आफूले पाएको स्पष्ट पारे ।
 
उक्त अवसरमा संस्थाको विविध गतिविधिमा उत्कृष्ट योगदान दिएको भन्दै संस्थाकी अध्यक्ष राधिका थापा, संस्थाका सदस्यका छोरा–छोरी अर्थात विद्यार्थीहरु स्वपनिस पराजुली, स्वस्तिका लामिछाने, अनुस्का पराजुली, सुशान्त कार्की, एन्जीला श्रेष्ठ, यसाज कार्र्की लगायतलाई सम्मान गरिएको थियो । केन्द्रका अध्यक्ष राधिका थापाको अध्यक्षतमा भएको कार्यक्रममा समाजसेवी भक्तराज श्रेष्ठ, संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ, सल्लाहकार कृष्ण थापा, गणेश छवि श्रेष्ठ, पूर्व अध्यक्ष दुर्गादेवी लामिछाने, निर्वाचन संयोजक पदमकुमार माकाजु, निर्देशक मिथिला मल्ल, नवसिद्धार्थ सहकारीका अध्यक्ष पार्वती माकाजु, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमा सुवेदी, उपाध्यक्ष भवानी माकाजु, बगलोटोल सुधार समितिका उपाध्यक्ष राधिका श्रेष्ठ, सम्मानित विद्यार्थी स्वस्तिका लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रस्तुत संस्थाकी सचिव निर्मला लामिछाने, कोषाध्यक्ष ज्ञानु श्रेष्ठको सांगठानिक र आर्थिक प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत पारित गरेको थियो ।


Post a Comment

 
Top