0
गोल्डेन न्यूज संवाददाता
पोखराको काजिपोखरीमा नगरबसले ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । पोखराको बगरबाट खाल्टेमसिना जादै गरेको ग १ ख ५६६३ नम्बरको नगरबसले ठक्कर दिदा तनहुँ व्यास ११ का २४ वर्षिय सुमन गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सोही बसमा यात्रा गरि काजिपोखरीमा भरेका गुरुङलाई बसले ठक्कर दिएपछि उनको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता गजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।  बस चालकले गुडिरहेको बस नरोक्दै झर्दा पछाडिको चक्काले उनलाई किचेको उनले बताए । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । यता, पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटनामा २ जना गम्भीर सहित ३ जना घाइते भएका छन् । लेकसाइडको डिहीकोपाटनमा भएको दुर्घटनामा परि दुई जना घाइते भएका हुन् ।  ग४प ६००१ नम्बरको मोटरसाइकल र ग१०प ७०७ नम्बरको मोटरसाइकल ठक्कर खादा दुर्घटना भएको हो । स्थानीयका अनुसार घटनास्थलमा दुइ जना चालक मोटरसाइकलले थिचेको अवस्थामा उद्धार गरिएको थियो । दुईवटा मोटर साइकल ठक्कर खादा ठूलो आवाज आएको थियो ।  गम्भीर घाइते पोखरा मणिपाल अस्पतालमा उपचार भइरहको छ भने एक जनाको मेट्रो सिटि अस्पतालमा उपचार भई रहेको छ । गम्भिर दुई जना मेट्रो सिटिमा हुन नसके पछि मणिपाल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी बाग्लुङ जिल्लाको रेशमा पिकअप जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना यात्रु गम्भीर घाइते भएका छन् । लेखानीको कादेशबाट रेशतर्फ आउँदै गरेको ध १ ज ३४८ नंको जिप रेश–७ देउराली नजिक दुर्घटनामा पर्दा सोही स्थानका २२ वर्षीय गिरी थापा र २८ वर्षीय नारायण जिसीको निधन भएको हो ।   दुर्घटनामा परी चालक २६ वर्षीय खड्कबहादुर थापा र यात्रु २५ वर्षीय पदम थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धवलागिरि अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए । उनका अनुसार जिप सडकदेखि अन्दाजी ८०० मि तल खसेको थियो । दुर्घटनाको कारणबारे घटनास्थलमा पुगेर प्रहरीले छानबिन गरिरहेको छ ।






Post a Comment

 
Top