0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपाल निकट नेपाल उद्योग वाणिज्य तथा पर्यटन महासंघ कास्की जिल्ला कार्यसमिति बैठकले प्रकाश गिरीलाई सह–संयोजकमा चयन गरेको छ । बैठकले सचिवमा दिलिप श्रेष्ठ, कोषाध्यक्षमा ऋषि गिरिलाई चयन गरेको प्रदेश नं. ४ का संयोजक हरिराज पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी महासंघ काक्कीको  सदस्यहरुमा तिलक तिवारी, मनोज बस्याल, सुशिल श्रेष्ठ, जितेन झा र पदम लामिछाने भयन भएको बताइन्छ । नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई महासंघ प्रदेश नं. ४ का संयोजक पन्तले बधाई एवं कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Post a Comment

 
Top