हरि पन्त

भगवान शिवको लागि साउन महिना र सोमबार प्रिय महिना मानिने भएकोले भक्तजन निराहार ब्रत बसी शिवको पूजाआजा गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बोलबम संयोजक शंकर खरालका अनुसार १४ वर्षअघि केदारेश्वरबाट यस क्षेत्रमा सुरु भएको बोलबम कार्यक्रम विस्तारै व्यापक बन्दै गएको छ । हरेक शिव मन्दिरमा यतिखेर भक्तजनको घुइँचो देखिन्छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ भएको बोलबम कार्यक्रमको लागि जल लिन भक्तजन बगरस्थित गाईघाट पुगेका थिए ।

यसैबीच केदारेश्वर महादेव मणि मन्दिरमा बोलबम मेला चलिरहँदा परिसरमा माग्न बस्ने र व्यापार गर्नेहरुका कारण भक्तजनले दुःख पाउनुका साथै मन्दिरको शोभा नै घटाएको छ । माग्न बस्नेहरुले फोहोर गर्नुका साथै भक्तजनको हातमा रहेको सामाग्री खोसेरै लिने गरेका छन् भने व्यापार गर्नेहरुले भक्तजनको हात नै तानेर सामाग्री किन्न बाध्य बनाउँछन् । बुढा–बुढी तथा युवा–युवतीहरुलाई माग्ने र व्यापारीले जवर्जस्ती गर्न छोड्दैनन् । यसतर्फ व्यवस्थापन समूह तथा सुरक्षा निकायले ध्यान दिएको पाइँदैन ।
भक्तजनहरु पूजा गर्न केदारेश्वर जान्छन् तर फर्किने क्रममा यिनै माग्ने र व्यापारीका कारण आजित भएर फर्फिन बाध्य भएकोप्रति मन्दिर व्यवस्थापन समितिले ध्यान दिन जरुरी छ । यसैबीच केदारेश्वरमा भक्तजनले लगाएको जुत्ता, चप्पल चोर्नेको पनि बिगविगी छ । चोरहरुले राम्रो चप्पल तथा जुत्ता देखेपछि चोरेर लैजाने गरेको भक्तजनले बताए । सोमबार करिब ५५ वर्षमा एक पुरुष भक्तजन र ३० वर्षका युवा जुत्ता हराएपछि आधा घण्टासम्म खोज्न तल्लिन रहे । आधा घण्टा खोज्दा पनि आफ्नो जुत्ता नभेटिएपछि खाली खुट्टो खोच्याउँदै घर फर्कन बाध्य भए ।

Post a Comment