0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडी जेसीजले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी जेसीज वीकइण्ड सम्पन्न गरेको छ । यस वर्षको वीकईण्डमा मुख्यतः बालबालिका केन्द्रित कार्यक्रम गरेको हो । नियमित वार्षिक कार्यक्रम अन्तर्गत साउन २८ देखि ३० गतेसम्म आयोजित कार्यक्रमहरुमा बालबालिकामा लगानी, दिगो राष्ट्र विकासको थालनी शीर्षकमा अन्तत्र्रिmया, फिटनेश तथा व्यक्तित्व विकास तालिम, छात्रवृत्ति वितरण रहेका थिए । तालिमको समापन गर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरालाई सन् २०१८ भित्र बालमैत्री नगर बनाउने उद्देश्य अनुरुप अघि बढेको सन्दर्भमा बालबालिकाका लागि हुने यस्ता कार्यक्रम फलदायी रहेको बताए । ‘पोखरालाई बालमत्रै नगरका रुपमा स्थापित गरी मुलुककै नमुना शहर बनाउन यस्तै स्थानीय संघसंस्था सहित आम पोखरेलीको सहयोग आवश्यक पर्दछ’–कुँवरले भने ।
पोखरा जेसीजका अध्यक्ष गोविन्दप्रसाद देवकोटाले मातृसंस्थाको हैसियतले पोखरा लेडी जेसीजका हरेक गतिविधिमा प्रत्यक्ष सहयोग रहने उल्लेख गर्दै पोखरामा लेडी जेसीज अग्रणी संस्थाका रुपमा देख्दा खुशी लागेको बताए । पोखरा नगर बालमञ्चकी अध्यक्ष अनुश्रीया सुवेदीले बालबालिका केन्द्रित कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरिन् । पोखरा जेसीजका पूर्व अध्यक्ष सन्तोष पोखरेल, लेखनाथ जेसीजका अध्यक्ष अर्जुन ओझा, पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष गीता सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समापन अघि महेन्द्र उच्च मावि, नयाँबजारमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । कक्षा ९ की रेनु चौधरी र कक्षा ७ का शुशिल कौशललाई जनही सात हजार पाँच सय रुपैंया प्रदान गरिएको कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष लक्ष्मी सुवेदीले जानकारी दिईन् । सो अवसरमा प्रधानाध्यापक रामदत्त पौडेल, पूर्व प्रअ हरिमाया सिग्देल लगायतले बोलेका थिए ।
दोस्रो दिन गुरुङ ब्युटि पार्लर एण्ड एकेडेमीको सहयोगमा सौन्दर्यकमी चिनु गुरुङबाट फिटनेश एण्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ भएको तालिम आयुक्त सपना गिरीले बताईन् । कार्यक्रममा ५० बढि महिलाको सहभागिता थियो । त्यसअघि, पहिलो दिन बालबालिका सम्बन्धी अन्र्तक्रिया गरिएको संयोजक एवं संस्थाकी निर्देशक सविता गौतमले जनाईन् ।
पोखरा लेडी जेसीज वर्ष २०१६ की अध्यक्ष प्रमिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत, जेसीज वीकइण्ड मूल संयोजक एवं संस्थाकी कार्यकारिणी उपाध्यक्ष शकुन्तला कोईरालाले धन्यवाद ज्ञापन गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन महासचिव महासचिव रेनु थापाले गरेकी थिईन् । पोखरा जेसीज मातृ संस्था रहने गरी २८ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजमा हाल ७२ जना महिलाहरु आबद्ध छन् । ४० वर्ष मुनिका विभिन्न क्षेत्रका महिलाहरु संस्थामा सक्रिय छन् ।




Post a Comment

 
Top