0
गोल्डेन न्यूज संवाददाता
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला कार्यशाला पोखरामा सम्पन्न भएको छ । वाल तथा महिला सशक्तिकरण समाजको आयोजना एबं एक्सन एड नेपालको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कास्कीको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो । गोष्ठीमा परियोजना सञ्चालन भएका ढिकुरपोखरी र दाङसिङ गाविसका १५ बिद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावक संघका प्रतिनिधिको सहभागिता थियो । शनिवार र आईतवार दुई दिन सम्म सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी तालिम प्रदान गरिएको थियो । गोष्ठी समापनको अबसरमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी बिद्यालयको गुणस्तर सुधारको लागि गम्भिर हुन तालिममा सहभागीलाई आग्रह गरे । उनले तालिममा सिकेका सिपलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए । जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति कृष्णबहादुर थापा र नेत्र वहादुर आलेले सामुदायिक बिद्यालयको गुणस्तर सुधारको लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक सबैको समन्वयात्मक भूमिका हुनुपर्ने बताए । आयोजक संस्थाकी अध्यक्ष सीता भट्टराईले सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा प्रशिक्षक फलदायी हुने विश्वास ब्यक्त गरिन् ।  प्रशिक्षण समापन कार्यक्रममा सहभागिको तर्फबाट ढकराज सुवेदी, तुलसी प्रसाद अधिकारी, टिकाराम अधिकारी, गणेश बहादुर भूजेल, रेडियो जननीकी स्टेसन म्यानेजर, विमला भण्डारी, सम्झना परिवार, प्रारम्भिक वाल विकास परियोजनाकी फिल्ड संयोजक मिना लिगल लगायतले प्रशिक्षणको महत्वको वारेमा बोलेका थिए ।





Post a Comment

 
Top