0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय जनमोर्चा नेपाल निकट विद्यार्थी संगठन अखिल(छैठौं) कास्कीले १४औं जिल्ला सम्मेलनको तयारी तीव्र पारेको छ । केन्द्रीय सचिवालय सदस्य तथा कास्की जिल्ला संयोजक गणेश अधिकारीको संयोजनमा विभिन्न उपसमितिहरु निर्माण भएका छन् । संगठन निर्माण संयोजक तथा सचिव अर्जुन शर्माको नेतृत्वमा प्रताप पौडेल, दानु सारु, सुरज शर्मा, इन्द्रमणी पाण्डे,खिम वुढा, ज्ञानेन्द्र घर्ती, रेशम पुन, विमल पाण्डे, सुदर्शन आचार्य, दिलेन्द्र वुढा लगायतको समूहले पोखरामा विद्यालय तथा क्याम्पसहरुमा संगठन निर्माणको अभियानलाई तीव्रता दिएको छ ।
अभियानले महेन्द्र मा.वि.मा सुरज सुनारको अध्यक्षतामा ४१ सदस्यीय ईकाइ समिति निर्माण गरेको छ । त्यसैगरी भारती भवन उच्च मा.वि. पुरन्चौरमा लक्ष्मण बास्तोलाको अध्यक्षतामा ३५ सदस्यीय ईकाइ समिति, लक्ष्मी आदर्श उच्च मा.वि. लेखनाथमा सूर्य सुनारको अध्यक्षतामा ७१ सदस्यीय मूल इकाइ समिति र सुमन बास्तोलाको अध्यक्षतामा २९ सदस्यीय कक्षा ११ को कक्षा इकाइ समिति र आशिष लामाको अध्यक्षतामा ११ सदस्यीय कक्षा १२ को कक्ष इकाइ समिति गठन गरेको छ । त्यस्तै जनज्योति उच्च मा.वि.मा मञ्जु गुरुङ्गको अध्यक्षतामा २९ सदस्यीय मूल ईकाइ समिति गठन गरेको छ । संगठन निर्माणको अभियानको क्रममा जनप्रकाश उच्च मा.वि. भण्डारढिकमा पुनम सुनार र आशिस सुनारको अध्यक्षतामा कक्षा ९ ए र बी मा कक्षा इकाई समितिहरु, त्यस्तै विक्रम गिरीको अध्यक्षतामा २९ सदस्यीय कक्षा १२ को इकाई समिति र बेल प्रसाद गुरुङ्गको अध्यक्षतामा २७ सदस्यीय कक्षा ११ को इकाई समिति निर्माण भएको छ ।
त्यस्तै ताल वाराही उच्च मा.वि.मा पवन अधिकारीको अध्यक्षतामा ४३ सदस्यीय मा.वि.इकाइ समिति गठन भएको छ  भने बाराही उच्च माविमा अमृत दाहालको अध्यक्षतामा ७५ सदस्यीय मावि इकाइ समिति तथा राजन थापाको अध्यक्षतामा ३७ सदस्यीय उच्च मावि इकाइ समिति गठन भएको छ । अभियानले जनप्रिय उच्च माविमा सविना अधिकारीको अध्यक्षतामा ४३ सदस्यीय मावि इकाई समिति तथा यमन घर्तीको अध्यक्षतामा ३५ सदस्यीय उच्च मावि इकाई समिति गठन गरेको छ ।
छोरेपाटन उच्च माविमा सदिना दाहालको अध्यक्षतामा ७३ सदस्यीय मावि इकाई तथा समिक्षा रेग्मीको अध्यक्षतामा १७ सदस्यीय कक्षा १२ को इकाई र राम राणा ठकुरीको अध्यक्षतामा २१ सदस्यीय कक्षा ११ को इकाई गठन गरेको छ भने उता सिद्ध उच्च माविमा दिपकराज गिरीको अध्यक्षतामा ५७ सदस्यीय उच्च मावि इकाइ गटन गरेको छ ।
त्यसैगरि राष्ट्रिय उच्च माविमा पनि संगठन निर्माण भएको छ । सुजन सुवेदीको अध्यक्षतामा ५७ सदस्यीय मावि इकाइ समिति र भिम वहादुर पुनको अध्यक्षतामा ३१ सदस्यीय उमावि निर्माण गरेको छ भने विन्ध्यवासिनी उच्च माविमा दुर्गा नारायण छन्त्यालको अध्यक्षतामा ४१ सदस्यीय मूल इकाई समिति गठन भएको छ । संगठन निर्माण अभियानकै क्रममा अमरसिंह उच्च माविमा पनि शिव तिवारीको अध्यक्षतामा २७ सदस्यीय कक्षा १२ को इकाई समिति, संजय तिमिल्सिनाको अध्यक्षतामा २३ सदस्यीय कक्षा ११ मा इकाई समिति र हरी पुनको अध्यक्षतामा १९ सदस्यीय उच्च मावि मूल इकाइ समिति गठन भएको छ । त्यस्तै पार्दी उच्च मावि, वालमन्दिर उच्चमावि लतायतका विद्यालयहरुमा पनि संगठनका आफ्ना गतिविधिलाई तीव्र पारेको छ ।
अभियानकै क्रममा बाग्लुङ्गबाट पोखरामा आई विभिन्न उच्चमाविहरु वा क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको एक भेलाले इन्द्रमणि पाण्डेको संयोजकत्वमा ५ रिक्त सहित २१ सदस्यीय अखिल(छैठौं) बागलुङ्ग पोखरा सम्पर्क समिति समेत निर्माण गरेको छ । भेलालाई प्रमूख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङ्ग पोखरा सम्पर्क समितिका सचिव विक्रम थापा र विशेष अतिथि अखिल(छैठौं) का केन्द्रीय सचिवालय सदस्य गणेश अधिकारीले सम्वोधन गरेको थिए । १४औं कास्की जिल्ला सम्मेलन यहि भाद्र १० र ११ गते पोखरामा सम्पन्न हँदैछ ।




Post a Comment

 
Top