0
गोल्डेन न्यूज संवाददाता
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिलाहरुको हक हित र महिलाहरुलाई सङ्ठित बनाउनु उद्देश्यका साथै एक आपसमा महिलाहरुमा आत्मीय रुपमा माइतिको संझना गराउने भावनाले अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उदघाटन गर्दै संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेले काम विशेषले आफ्नो माइती घर जान नपाउने सम्पूर्ण दिदिबहिनीको माइतिको सम्झनास्वरुप यस कार्यक्रमको आयोजना गरिएको हो भन्दै हिजोको तीज र आजको तीजमा धेरै फरक भएकोले सास्कृति संरक्षण गर्ने क्रममा विकृति भित्रिन गइरहेको हँुदा महिला दिदिबहिनी हरुले यस पर्वलाई बढी तडक भडक नगरिकन मनाउन आग्रह गरे । उक्त अवसरमा अर्घाखाँची माइती घर भइ पोखरामा कर्मथलो बनाउने हुने महिलाहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा बालकालिका तथा आामा दिदिबहिनीहरुले नृत्य प्रस्तुत गरिएकोमा उत्कृष्ट नृत्यलाई पुरस्कृत गरि पुस्कार वितरण गरिएको र कार्यक्रममा संस्थालाई सहयोग गर्न  पर्पल चामलका एरिया प्रतिनिधि नेत्र धामी र करेन्ट मसला एरिया मेनेजर लेखनाथ भट्टराई लगायतलाई सम्मान गरिनुका साथै संस्थामा प्रवेश गर्ने आजीवन तथा साधारण सदस्यहरु प्रमाणपत्र वितरण गरिएको प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले बताए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक शारदा श्रेष्ट, पर्पल चामलका एरिया प्रतिनिधि नेत्र धामी र करेन्ट मसला एरिया मेनेजर लेखनाथ भट्टराई लगायतले आफ्ना भनाइ राखेको कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष चेतानारायण पाण्डेले गरेकोमा कार्यक्रम संचालन महासचिव लिलाबहादुर जि.सी गरेका थिए ।









Post a Comment

 
Top