0
गोल्डेन न्यूज संवाददाता
पोखरा–८, सृजनाचोक निवासी दयाराम सुवेदीले श्रीमतीको सातौं वार्षिक पुण्यतिथिको स्मृतिमा पोखरा चिसाखोलाका विद्यार्थीहरुका लागि भोजन सहयोग गरेका छन् । ३४ वर्षको उमेरमा हरिमाया सुवेदीको निधन भएको र हरेक वार्षिक पुण्यतिथिमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको दयाराम सुवेदीले बताए ।  कार्यक्रममा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक तथा बेदविद्याश्रमका संस्थापक कृष्ण थापाले धार्मिक संस्कृतिसँगै वर्षमा एक दिन मात्र सहयोगको भावना देखाउन सके वर्षभरि नै महत्वपूर्ण सहयोग पु¥याउन सकिने बताए । पोखरा चिसाखोला बेदविद्याश्रम मा ३४ जिल्लाका ८५ विद्यार्थी पूर्ण आवासीय अध्ययन गर्दै आएको विद्यालय संचालनमा संघ–संस्था, व्यक्तिहरुबाट आर्थिक, जिन्सी सहयोगले दैनिक कार्य संचालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रधानाध्यापक श्रीराम तिमिल्सिनाले बताए । आश्रममा पुण्यतिथिमा हुने सहयोग कार्यक्रमहरु भएमा धार्मिक अनुष्ठान, पितृ सुख, स्वस्थी पाठ, ब्रह्मभोजन गराउँदा स्वर्गीय भएकाले शान्ति पाई सन्ततीले समेत आशिवार्द पाई सुख शान्ति मिल्ने आश्रमका प्रमुख संरक्षक अग्निहोतृ पण्डित केदारनाथ उपाध्यायले बताए ।  वेदविद्याश्रम का विद्यार्थी बालक्लवका अध्यक्ष विदुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलाराम लामिछाने, विष्णु संग्रौला, रविन पोखरेल, लगायतले बेदविद्याश्रममा सहयोग बढाउन आग्रह गरेका थिए । पोखरा चिसाखोला बेदविद्याश्रम पोखरा २६ सराङ्गकोट पोखरा बाग्लुङ बसपार्कबाट १ कि.मी. दुरीमा रहेको र आश्रमले धार्मिक गतिविधिहरु, क्यालेण्डर धार्मिक पुस्तक प्रकाशन, अध्ययन अध्यापन गर्दै आएको छ ।








Post a Comment

 
Top