0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा गण्डकीको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका एडभाइजर अनिला श्रेष्ठले तीज गीत गाएर उद्घाटन गरेकी थिइन् ।  कार्यक्रममा बोल्दै लायन्स क्लव अफ पोखरा सेतिगण्डकीका अध्यक्ष सुनयना पालिखे र सप्तगण्डकीका अध्यक्ष सोनम गुरुङले संस्कृति जोगाउन तीज कार्यक्रम कोशेढुङ्गा सावित हुने बताए ।  तीजले माइतीसँगकोे संवन्धलाई प्रगाढ बनाउने उनीहरुको भनाइ थियो । लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पोखरा गण्डकीले स्पोन्सर गरेका क्लवहरु लायन्स क्लव अफ पोखरा सेतिगण्डकी र सप्तगण्डकीका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत डिष्ट्रिक्ट पदाधिकारीहरु र क्लवका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लायन्स क्लव अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष एंव मल्टिपल फेलोशिप चेयर पर्सन विमला श्रेष्ठ, क्लवका प्रथम उपाध्यक्ष निता वुद्धचार्य, लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्मा लगायते आ–आफ्नो भनाइ राखेका थिए ।







Post a Comment

 
Top