0
गोल्डेन न्यूज संवाददाता
सोमबार अपरान्ह पोखराको फेवातालमा डुङ्गा पल्टिदा बेपत्ता भएका २ जनाको शब बिहीबार भेटिएको छ । बिहिबार बिहान बसुन्धराका २३ बर्षिय एलिन केसीको शब  क्याम्पियन चोक नजिकै र  काठमाडौं चक्रपथका १९ बर्षिय प्रतिक श्रेष्ठको शब स्विमिङ पुल नजिकै  पानीमा  तैरिएको अवस्थामा फेला परेको हो। केसीको शब बिहिबार बिहानै ५.३० बजे भेटिएको हो भने श्रेष्ठको शब ७ .०० बजे  भेटिएको  हो । राती २ बजे देखि खटिएको   हल्लनचोक को ऋच्ख् टोलीले बिहान ५.३० बजे केसीको शब  र श्रेष्ठको शब ७ .०० बजे भेटेको प्रहरी हवल्दार ज्ञान बहादुर मानान्धरले पोखरान्युजडटकम लाइ बताए । ‘हामी खोजीको क्रममा हिडिरहेका थियौ त्यसैक्रममा मैले केसीको शब जलकुम्भी झारको बिचमा पानीमा तैरिरहेको अवस्थामा देखे ‘ उनले भने ।  श्रेष्ठको शब भने डुंगा ब्यबसायी समितिका एक व्यक्तिले देखेर आफुलाई खबर गरेको उनले बताए । सशस्त्र  प्रहरीको टोलि , आर्मी र स्थानिय मिलेर शबलाइ बाहिर निकालेको पनि उनले बताए ।केसीको शब पोस्टमार्टमका लागि हस्पिटल लगिएको छ भने श्रेष्ठको शबलाइ पोस्टमार्टमका लागि केहीबेरमा लगिदै  छ । तालमा २ दिन अगाडिदेखिनै आएर बसेका उनिहरुका आफन्त हरु अहिले शोकमा डुबेका छन । गत  सोमबार दिउसो डुंगा पल्टिदा डुंगामा  सवार ८ जना नेपाली मध्ये  ६ जनाको तत्काल उद्दार गरिएको थियो   भने बाकी  २ जना तालमा हराइरहेका थिए । सोमबार, मंगलबार र  बुधबार   उनीहरुको  खोजीको  लागि सशस्त्र प्रहरी वलको दक्ष गोताखोर, नेपाल प्रहरीको रेस्क्यु टिम,  माझीको टोली तथा स्थानिय समेतको सङ्गलनतामा  खोजि कार्य  भएतापनि  उनीहरु फेला पर्न सकेका थिएनन् ।











Post a Comment

 
Top