0
गोल्डेन न्यूज संवाददाता
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी सरकारमा सहभागी नहुने उनले बताए । फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो । तर, मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकमा सहभागी गराएको छैन । उपप्रधानमन्त्री दिन नसक्ने भन्दै प्रचण्डले दुई वटा मन्त्रालय भने फोरम लोकतान्त्रिकका छुट्याएका छन् ।






Post a Comment

 
Top