0
विद्यालय जिम्न्यास्टिक महासंघ कास्कीको आयोजनामा एक दिने जि वल प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।  संस्थापक तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई जिम्न्यास्टिकको वारेमा जानकारी दिदै ती विद्यालयका विद्यार्थीहरुलाई जिम्न्यास्टिक सिकाउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।  प्रशिक्षण कार्यक्रममा संस्थापक तथा सामुदायिक विद्यालयका प्रा.वि तर्फका ३० जना शिक्षक शिक्षिका सहभागि रहेका छन्।
 प्रशिक्षण कार्यक्रममा विद्यालय जिम्न्याष्टिक महासंघका केन्द्रिय महासचिव प्रकाशलाल श्रेष्ठ र जि वल जापानका महासचिव युकीमीचु सुजुकीले प्रशिक्षण दिएका थिए।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण केन्द्रका क्षेत्रिय निर्देशक विद्याप्रसाद मर्सानीले जिवनलाई स्वस्थ्य राख्नका लागि जिम्न्यास्टिक अनिवार्य भएको बताए।  विद्यालय जिम्न्यास्टिक महासंघका केन्द्रिय उपाध्यक्ष यामबहादुर खड्काले प्रशिक्षण लिएपछि आफ्नो विद्यालयमा गएर जिम्न्यास्टिक सिकाउन आग्रह गरे   विद्यालय जिम्न्यास्टिक महासंघका केन्द्रिय महासचिव प्रकाशलाल श्रेष्ठले जहाँ अनुशाशन छ त्यहाँ जिम्न्यास्टिक हुने बताए। एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले महासंघले शिक्षक र विद्यार्थीहरुका लागि उपयोगि कार्यक्रम आयोजना गरेको बताए।
 विगत दुई वर्ष अघि स्थापना भएको विद्यालय जिम्न्यास्टिक महासंघ कास्कीले कास्कीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई जिम्न्यास्टिकको तालिम दिदै आएको छ।  स्वास्थ्यका लागि खेलकुद राष्टूका लागि खेलकुद सवैका लागि जिम्न्यास्टिकको नारा दिदै कास्की जिल्लाका सवै विद्यालयमा जिम्न्यास्टिक पु¥याउने लक्ष्य राखेको छ।    विद्यालय जिम्न्यास्टिक महासंघ कास्कीका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक मनकाजी गुरुङले स्वागत र सचिव केशवशरण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।



Post a Comment

 
Top