0
गोल्डेन न्यूज संवाददाता
पोखराको पुम्दीभुम्दी– १, (हाल पोखरा–२५) टारीखेतमा स्थित रानीवन चेतनशील महिला समूहको चौंथो वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो । सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पतेरी खानेपानी समूह टारीखेतका अध्यक्ष श्री गंगाराम चापागाई, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कास्कीका सचिव ज्ञानेश्वर सुवेदी, छोरेपाटन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष श्री गोविन्द सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा लोक दोहोरी गायक ज्ञानेश्वर सुवेदीले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने उत्कृष्ट नृत्य गर्ने नृत्याङ्गानाहरु अञ्जना सुवेदी, कृति सवेदी र खुश्बु सुवेदीलाई कार्यक्रमकी प्रमुख अतिथि बरालले नगद पुरस्कारबाट पुरस्कृत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै कमला वरालले महिलाहरुले आयआर्जन मूलक कामहरुमा आफ्नो सक्रिय सहभागिता जनाउँदै महिला सशक्तीकरण हुनुपर्ने सन्दर्भमा विशेष जोड दिएकी थिइन् । संस्थाकी सह–सचिव कुमारी लक्ष्मी शर्माले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा असल ऋणी तथा बचत कर्ताका रुपमा प्रेम कुमारी गौतमलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो भने एस.एल.सी. परीक्षा २०७२ मा उत्तीर्ण हुन सफल महिला सदस्यका छोरा छोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा समूहकी सदस्य तिलादेवी आचार्यले सम्मानित विद्यार्थीहरुलाई व्यक्तिगत तर्फबाट पुरस्कार प्रदान गरेकी थिइन् ।
कार्यक्रममा अध्यक्ष विष्णुमाया जैसी, कोषाध्यक्ष बसुन्धरा सुवेदी र सचिव शुसिला सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत रेका थिए । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष एवम् सल्लाहकार पार्वती सुवेदी र सल्लाहकार सदस्य मिरा अधिकारी, जेष्ठ नागरिक पवित्रा क्षेत्री, सचिव शुसिला सुवेदी लगायतले पनि बोलेका थिए ।







Post a Comment

 
Top