0
पोखरा  उद्योग वाणिज्य संघको आगामी ३१औं अधिवेशनमा कार्यसमिति सदस्यमा हिमालय बख्रेलले उम्मेदवारी दिने भएका छन् । युनाइटेड क्लव पोखराका अध्यक्ष र  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका अध्यक्ष समेत रहेका बख्रेलले आगामी भदौ ३१ र असोज १ गते हुने ३१आंै अधिवेशनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन । बख्रेलले केही दिन अगाडि आफ्नो फेसबुक वालमा समेत आफू यो पटकको ३१आंै अधिवेशनमा आफूले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भन्दै पोष्ट गरेका छन् । बख्रेलले युनाइटेड क्लवको स्थापना गर्न र पोखरामा चिडियाखानाको अवधारणा सहित पोखरा महोत्सवको समेत आयोजना गरी आएको र पछिल्लो समय विभिन्न टोलमा सौर्यबत्ती जडान गर्ने अभियानमा समेत सरिक हुँदै आएका छन ।

Post a Comment

 
Top