0
गोल्डेन न्यूज संवाददाता
विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रगति बोर्डिङ स्कुलले तीन स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । विभिन्न छ इभेण्टामा प्रगतिले यू १६ छात्र डबल्स, यू–१२ छात्रा र यू १६ छात्र एकलमा उपाधि रक्षा ग¥यो । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालित ईन्द्रबहादुर गुरुङ स्मृति अन्तरविद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको आईतबार सम्पन्न फाईनलमा यू १६ छात्रा डबल्समा टप्सका प्रजिता गुरुङ र आकृति केसीको जोडीले माउण्ट एभरेष्टका सविना आचार्य र सुष्मा श्रेष्ठको जोडीलाई २१–८, २३–२१ को सेटमा पराजित गर्दै उपाधि जिते । त्यसैगरी यू १६ छात्र डबल्स तर्फ प्रगतिका विधान अधिकारी र निकेश खड्काको जोडीले प्रगतिकै सुलभ बस्नेत र धिरेन विकको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यू–१६ छात्र एकल तर्फको प्रतिस्पर्धामा विधान अधिकारीले प्रगतिकै सुलभ बस्नेतलाई २१–९, २१–१० को सेटमा पराजित गरे । यू १६ छात्रा तर्फको फाईनल प्रतिस्पर्धामा सुष्मा श्रेष्ठ (माउण्ट एभरेष्ट) ले आकृति केसी (टप्स)लाई १३–२१, २१–१८, २१–१६ को कठिन सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । प्रतियोतिगामा सैनिक आवासियको भागमा एउटा मात्रै स्वर्ण पदक जित्यो । यू १२ छात्र तर्फको फाईनलमा सैनिक आवासियका आयुश कुँवरले प्रगतिका दिलभर गुरुङलाई २१–१८ र २१–१३ को सेटमा पराजित गरेका थिए । यू १२ छात्रा तर्फको प्रतिस्पर्धामा प्रगतिका शितल केसीले टप्सकी प्रजिता गुरुङलाई २१–१८, २१–१४ को सेटले पराजित गर्दै उपाधि जिते । तीन दिने प्रतियोगितामा नव प्रतिभा खेलाडीको रुपमा छात्रा शितल केसी(प्रगति), छात्रा उत्कृष्ठ खेलाडी सुष्मा श्रेष्ठ(माउण्ट एभरेष्ट), छात्र तर्फ विधान अधिकारी(प्रगति), अनुशासित विद्यालयबाट सिदार्थ बोर्डिङ, उत्कृष्ठ पोशाक कुमुदिनी होम्स र उत्कृष्ठ विद्यालयबाट प्रगति इग्लिस बोर्डिङ स्कुल सम्मानित भए । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला व्याडमिन्टन संघका पदाधिकारी लगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव निरबहादुर थापाले गरेका थिए ।


Post a Comment

 
Top