0
गोल्डेन न्यूज संवाददाता 
रामबजार तायाःमचाः नाच समिति, रामबजार मिसाःपुचः र रामबजार ल्याम्हः पूचः रामबजार १०,१५ को आयोजनामा नासःद्यः पूजाका साथ सम्मान कार्यक्रम सम्पन्न भयो । रामबजार तायाःमचाः नाच समितिको आयोजनामा २०७४ सालमा रामबजार तायाःमचाः महोत्सव सफपल पार्न विदेश अर्थ संकलन समिति अष्टे«लियामा कार्यरत किसन श्रेष्ठको संयोजकमा अर्थ संकलन समिति चयन गरी स्वागत गरिएको उक्त महोत्सवको लागि अमेरिकामा भिमसेन कुमार श्रेष्ठ र युकेमा राम बहादुर गुरुङ्गको संयोजकमा अर्थ संकलन उपसमिति गठन गरेको संस्थाका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले बताए । नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रिय विभूति शंखधर साख्वाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन एवं रामबजार ल्याम्हः पूचका कलाकारहरुले नेवारी परम्परा अनुसार द्यो ल्याको बाजा बजाई कार्यक्रम शभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल सरकारबाट प्रबल जनसेवा श्री पदकबाट विभूषित भएका नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे र उपाध्यक्ष कवि तीर्थ श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गरिएको थियो । उक्त अ
वसरमा रामबजार तायाःमचाः नाच समितिका कलाकार प्रकृति सापकोटा, शिल्पा गुरुङ्ग, जिनेश गुरुङ्ग र चाँदनी जोशीलाई समेत २०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल भएकोमा सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि अशोक पालिखेले अन्य टोलको नाचको भन्दा फरक वातावरणले तयार पारेको र संस्थाले गर्ने हरेक कार्यको प्रसंसा गरे । उनले सबै जातजाति मिली एक भई कला, संस्कृति संरक्षणमा लागिपरेकोमा अझ २०७४ सालको गाइजात्रा तायाःमचाः महोत्सवको तयारीमा लागि पर्नुपर्नेमा जोड दिए । नेवाःखलः कास्कीका द्वितीय उपाध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठ, नाच समितिका गुरु मधुसुदन जोशी, बुद्ध बहादुर उदास, गुरु अष्टमान प्रधानाङ्ग लगायतका वक्ताहरुले गठेमंगल र नासःद्यः पूजा सम्बन्धी आ–आफ्नो विचार राख्नुभएको उक्त कार्यक्रममा रामबजारका विभिन्न संघसंस्था, मन्दिर संचालक समिति, आमा समूहको उपस्थिति रहेको थियो । मिसाःपूचले भक्तजनहरुलाई टिका, माला र प्रसाद वितरण गरिएको उक्त पूजामा नवनियुक्त नायोः जीवन कुमार श्रेष्ठलाई स्वागत गरी पूजामा सरिक गराइएको थियो । रामबजार तायाःमचाः नाच समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्तममा स्वागत रामबजार नेवाःमिसाः पूचःका अध्यक्ष समिता रन्जीत र कार्यक्रमको संचालन सहसचिव किरण रन्जीतले गरेका थिए ।

Post a Comment

 
Top