0
गोल्डेन न्यूज संवाददाता
महिलाको आफ्नो शिप विकास र प्रवद्धनको साथमा उद्धमशिलता लाई जोड दिंदै समाजमा रहेका विबाहित महिलाहरुको अन्तर सांस्कृतिक पक्षबाट महिलाको बास्तबिक परिर्वतन गराउने उदेश्यले राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपलाले आठांै मिसेज तीज प्रतियोगिता यहि भाद्र ४ गते गर्ने भएको पत्रकार सम्मेलन मार्फत गरी जानकारी गराएको छ । कार्यक्रमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका संस्थापक अध्यक्ष मिना गुरुङले सौन्दय पेशा कुनै बरोजगारको लागि गरिखाने बाटो मात्र होइन यसले मानव संरचना र शारीरिक मानसिक बनाबटलाई ब्यक्तिको इच्छा चाहनाअनुरुप कसरी बनाउने जस्ता कुशल कलाकारको पनि भूमिका निर्वाह गर्ने बताइन  ।  यो एउटा कला हो शिप हो र प्रत्यक्ष ज्ञान हो जसले युगौंयुगांैबाट पूर्वेली दर्शन र पश्चिमी दर्शनले पनि अपनाउँदै र प्रयोग गर्दै आइरहेको पेशा भएको उनले स्पष्ट पारिन् । प्रतियोगितामा १५ जिल्ला बाट करिब ३५ जना को सहभागिता रहने र २९ जिल्लामा युनियनको संगठन बिस्तार भएको बताइन्छ ।  कार्यक्रमका लागि करिब ९ लाख ३५ हजार रपैयाँ खर्च लाग्ने र बचेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिने राष्ट्रिय सौन्दय कर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीले बताइन । मिसेज तीज प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद, दास्रो २० हजार र तेस्रोलाई १५ हजार प्रदान गरिने कार्यक्रम संयोजक तथा कास्की जिल्ला अध्यक्ष हिरा भण्डारी बताइन । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल का अध्यक्ष पम्फा पहारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा  नेपाल कास्की शाखा अध्यक्ष तथा कास्कीका कार्यक्रम संयोजक हिरा भण्डारी र राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका महासचिव सुमन गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।











Post a Comment

 
Top