0
गोल्डेन न्यूज संवाददाता
 बैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ पोखरा–८ कास्कीको मंगलबार सम्पन्न छैटौ साधारण सभा तथा चौथो अधिवेशनले खिमराज बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा जगतमोहन गिरि, कोषाध्यक्षमा याम बराल, सहसचिवमा देवेन्द्रप्रसाद सुवेदी तथा सदस्यहरुमा नरबहादुर घर्ती भुजेल, कृष्ण केसी, रेशम लामिछाने, सुदन सुवेदी रहेका छन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रम कार्यालय पोखराका प्रमुख भरतराज काफ्लेले कानुनको पालना गर्नु पर्ने बताए। कार्यक्रममा संस्थाका सल्लाहकार रामजीप्रसाद कोइरालाले बैदेशिक रोजगारी पनि सेवा प्रदायक भएकोले उपभोक्त मैत्री व्यवहार गर्न आग्रह गरे। बैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघका संस्थापक अध्यक्ष खिमराज बरालले व्यवसायलाई मर्या्दित बनाउनका लागि संगठित भएको बताए। कार्यक्रममा पिपुल फोरम कास्कीका अधिवक्ता दिपेन्द्र अर्यालले संस्थागत बाट भन्दा व्यक्तिगत बाट वैदेशिक रोजगारमा जाने वढि ठगिएको गुनासो आएको बताउदै यसको समाधान गर्न तर्फ सवै लाग्नु पर्ने स्पष्ट पारे। कार्यक्रममा संस्था गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बुद्धि श्रेष्ठ, नारायण पोख्रेल, देवेन्द्र सुवेदी र कार्यलयकी कर्मचारी विष्णुकुमारी शर्मालाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष किरण बानियाले संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्व उपाध्यक्ष दिनेश शाही, कानुनी सल्लाहकार जनकल्याण पराजुली, सदस्य रेशम लामिछाने, सदस्य वलराम परियारले बोलेका थिए। बैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ पोखरा–८ कास्कीका अध्यक्ष फणिन्द्रराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य देवेन्द्र सुवेदीले स्वागत र सचिव गोपाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।



Post a Comment

 
Top