0
गोल्डेन न्यूज संवाददाता
स्वास्थ्यको क्षेत्रमा देखा परेका विभिन्न रोग, समस्या तथा तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले ३३ औं माइण्ड बडि एण्ड मेडिसिन विषयक तीन दिने सेमिनारमा सहभागी हुन पोखराका मुख्य चिकित्सकहरुको टोली भारत प्रस्थान गरेको छ ।  सेमिनार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको मेडिकल विभागद्वारा संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय भारतको माउण्ट आवस्थित ज्ञानसरोवमा भदौ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । सेमिनारमा सहभागी हुन ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नयाँबजारबाट संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज वरालको नेतृत्वमा १३ जनाको टोली सोमवार भारत प्रस्थान गरेको हो । उक्त कार्यक्रममा डाक्टर कालु शर्मा, डा. निरजकुमार दुवे, डा. माया लामा, डा. रामचन्द्र बाँस्तोला, डा. प्रेमबहादुर पुन, डा. अर्चना पुन, डा. रवि प्रसाद रेग्मी, डा. भावना सिग्देल र अन्य क्षेत्रसँग सम्बन्धित विशेष व्यक्तित्व इ.सुशिल कुमार लामा, विजया शर्मा रेग्मी, ओमकेशरी श्रेष्ठ साथै ब्रह्माकुमारी विन्नी लगायतको समूहलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका निर्देशक ब्रह्माकुमारी परिणीता दिदी ज्यू र क्षेत्रिय कार्यालय नयाँबजारका संचालिका ब्रह्माकुमारी शोभाले टिका एवं खादा लगाई सफल यात्राको शुभकामना दिएका थिए । कार्यक्रममा भाग लिने १३ जना सहभागीहरु भदौ १६ गते बिहीबार पोखरा फर्कने कार्यक्रम रहेको छ ।

Post a Comment

 
Top