0
गोल्डेन न्यूज संवाददाता
सामाजिक कार्यमा क्रियाशील सामाजिक संस्था जाल्पादेवी महिला उद्धार समूह १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाको १८ औं वार्षिक साधारणसभामा गतिविधि जानकारी, भावी कार्यक्रम र विविध क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सभाको उद्घाटन गर्दै प्राज्ञ हरिदेवी कोइरालाले पोखरा प्राकृतिक, सांस्कृतिक र मानवीय सभ्यताको अपार रहेकोले महिला दिदी बहिनीहरु एक भई सकृयतापूर्वक सामाजिक कार्यमा लाग्नुपर्ने बताइन् । कार्यक्रममा सम्मानित व्यक्तित्व तथा संस्थाका संस्थापक अध्यक्ष शारदा सुवेदीले संस्थामा सबैको सहयोग र सहभागिता महत्वपूर्ण भएको बताइन् । सम्मानित व्यक्तित्व तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले महिला विरुद्ध महिलै बढी भएकोले सबै महिलाको भूमिकामा सचेत र जिम्मेवारीपूर्ण हुन सके मात्र महिला नेतृत्व सफल रहने बताइन् । रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापाले महिलाको भूमिकालाई जिम्मेवार बनाउन राजनीतिभन्दा सामाजिक संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा संस्थाको कृयाकलापमा महत्वपूर्ण भूमिकाको कदर स्वरुप संस्थापक अध्यक्ष शारदा सुवेदी, पत्रकार सुष्मा पौडेल, सहकारीकर्मी कमला गिरी, राधिका थापा, राधा क्षत्री, कान्ति अधिकारी, सावित्री गिरी, जानुका चालिसे, दुर्गा अधिकारी लगायतलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष पवित्रा के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाअध्यक्ष विरेन्द्र नारायण विजुक्छे, कुँवर टोलविकास संस्थाका अध्यक्ष पार्वती पौडेल, सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बराल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, सम्मानित व्यक्तित्व तथा सृजना महिला सहकारीका अध्यक्ष कमला गिरी, टोल समन्वय समितिका अध्यक्ष शारदा गिरी, रेडियो जननीका स्टेशन मेनेजर विमला भण्डाी, पूर्व अध्यक्ष शारदा कुँवर, आदर्श समाज पत्रिकाका व्यवस्थापक दुर्गादेवी बास्तोला लगायतले महिला नेतृत्वमा सकृयता आवश्यक रहेको धारणा रखेका थिए । कार्यक्रममा उपाध्यक्ष कान्ति अधिकारीले स्वागत, सचिव दुर्गा अधिकारीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष राधिका थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५३ सालमा पवित्र जाल्पादेवीको नाउँमा स्थानीय महिलाहरुलाई समेटी स्थापित संस्थाले सामाजिक कृयाकलाप अन्तर्गत प्रतिक्षालय, मठमन्दिर, खानेपानी, बाटो निर्माण, महिला सीपमूलक तालिम, नेतृत्व विकास तालिमका कार्यक्रमहरु गर्दै आएको अध्यक्ष पवित्रा के.सी.ले बताइन् । कार्यक्रममा तीजको सन्दर्भ पारी विविध मनोरञ्जनात्मक नृत्यका साथै महिला सदस्यहरुबीच छलफलसहित दर पनि खुवाइएको कोषाध्यक्ष राधिका थापाले बताइन् । संस्थामा हाल ४ सयभन्दा बढी महिलाहरुको सहभागिता रहेको छ।




Post a Comment

 
Top