0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस, पोखरा उपमहानगर कार्यसमितिले पोखरा उप–महानगरपालिका कार्यालयले वृद्धि गरेको एकीकृत सम्पत्ति करप्रति विरोध गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले नगरपालिकाको कर वृद्धिको विरोध गर्दै गतवर्ष एकीकृत सम्पत्ति कर लागू गर्ने बेलामा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।  साथै नगर समितिले गतवर्ष मात्र ५ वर्षसम्म कर नबढाउने शर्तमा एकीकृत सम्पत्ति कर लागू गरेको भएपनि नगरपालिकाले १ वर्ष पछि नै कर बढाएर दोब्बर बनाएको भन्दै आपत्ति जनाएको छ । बैठकमा नगरपालिकाले कर बढाएर गतवर्ष ६०० रुपैयाँ तिरेका नागरिकले अहिले ४ हजार ५ सयसम्म तिर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेको भन्दै सदस्यहरुले आपत्ति प्रकट गरेका थिए । नगरसमिति सभापति बजिरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमा समितिका ४५ बढी सदस्य तथा नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली समेत सहभागी थिए । उक्त अवसरमा किसान संघका सभापति पराजुलीले पोखराको प्रत्येक वडाका किसान संघ गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको नगर सचिव रामजी प्रसाद कोइरालाले जानकारी दिए ।



Post a Comment

 
Top