0
गोल्डेन न्यूज संवाददाता
बहुमूल्य सुनका गहना लगाएर बजारमा हिंड्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् । किनकी तपाईको गहनामा कसैको नजर परेको पनि हुन सक्छ । अरुको धनमाल लुटेर खानेहरु त्यहि बजारमा सलबलाईरहेका पनि हुन सक्छन् । लुटेरालाई लुटेर भाग्न सबैभन्दा सजिलो गहनाको रुपमा चिनिने सिक्री खुल्ला रुपमा घाटीमा लाएर हिड्दा लुटिने संभावना पनि त्यतिकै हुन्छ । आईतवार पोखराको ब्यस्त बजार क्षेत्रमा मोटरसाईकल मा आएका लुटेराले एक महिलाको घाटीबाट सिक्री लुटेर फरार भएका छन् । दिउसो झण्डै साढे १ बजे पोखरा–१ बगरचोकमा बाटो हिंडिरहेकी महिलाको झण्डै पाँच तोलाको सिक्री लुटेर फरार भएका हुन् । मोटरसाईकलको नम्बर भने पत्ता नलागेको प्रहरीले जनाएको छ । बाग्मतीको नम्बर प्लेट रहेको भनिएपनि मोटरसाईकलको नम्बर प्रष्ट नभएपछि प्रहरीले खोजी तिब्र पारेको छ ।  प्रत्यक्षदर्शीका अनुसार रातो कालो मिसिएको मोटरसाईकल मा आएका लुटेराले सिक्री लुटेर फरार भएका हुन् । पोखरा १७ घारिपाटनकी ५४ गुरुङ थरकी महिला र अर्की एक महिला पोखरा १ बगर स्थित पास्कल गल्लीमा हिड्दै थिए । मोटरसाईकलमा आएका दुई जनाले मोटरसाईकल रोके र महिलाको घाटीबाट सिक्री ताने । गुरुङले लगाएको सिक्री तानेपछि अर्का एकले अर्की महिलाको पनि सिक्री तान्दै थिए तर चुडिएर भूईमा खस्यो । उनीहरुले हारगुहार गरेपछि लुटेरा त्यहाँबाट भागे । महिलाहरु घर जानका लागि गाडी चड्ने तरखरमा थिइन । पोखराको सबै नाकामा सर्च अभियान सञ्चालन गरी खोची कार्यलाई तीब्र पारिएको प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनले बहुमुल्य गरगहना लगाएर सार्वजनिक स्थानमा हिंडडुल नगर्न र गर्नै परेपनि सजगता अपनाउन आग्रह गरे ।







Post a Comment

 
Top