0
गोल्डेन न्यूज संवाददाता
स्टेप वाइ स्टेप उच्च मा.वि.मासबार पोखराका कक्षा १२ का व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा बोल्दै संस्थापक प्राचार्य निर्मला बरालले संसार बनाउन चाहनेले आँफैबाट कार्य शुरु गर्नुपर्छ भन्ने भनाई जस्तै विद्यार्थीहरु पनि आफ्नो पढाइ राम्रो गरी भविष्य उज्वल बनाउन आपूm नै लाग्नुपर्नेमा जोड दिंदै स्टेप वाइ स्टेप उच्च मावि त्यसका लागि उपयुक्त स्थान भएको बताए । विद्यालयका संस्थापक÷निर्देशक रमाकान्त बरालले आजका यी होनाहार विद्यार्थीहरुले भोलिको देशको अभिभारा बोक्न सक्नेछन्, सक्षम र योग्य नागरिक बनेर देशको सेवा गर्नेछन् भन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा शिक्षक मिनराज लम्सालले यस उच्च मावि पोखरा क्षेत्रको एक उत्कृष्ट उच्च मावि रहेको बताउँदै समान क्षमता भएका विद्यार्थी भएर पनि अन्यत्रका विद्यालयमा भन्दा यस उच्च माविमा अध्ययन गरेका विद्यार्थीले राम्रो अङ्क ल्याउन सफल भएको अनुभव बताए । विभिन्न गीत, नृत्य, कविता आदि प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाइएको थियो । कक्षा १२ का विद्यार्थीहरु आशिष थापा, सुनिल परियार, संयोग थापा, सुनिल सापकोटा, विराज सुवेदी, कुसुम पराजुली, सञ्जय लुईटेल, मोहमद अर्फाद लगायतले गीत प्रस्तुत गरेका थिए भने सुसम क्षेत्री, अस्मित अधिकारी, दिपा पौडेल, बाबना गुरुङ, मनिष रेग्मी लगायतले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका +२ संयोजक सञ्जय बराल, एकेडेमिक डिन दीपक गिरी, विद्यार्थीहरु बिमल वि.क., अर्जुन पौडेल र प्रिया पोख्रेलले कार्यक्रममा मन्तव्य राखेका थिए । कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थी सुशान्त भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सुरेश भारती, सुनिल परियार, अनिष सुवेदी, स्मृति चौलागाईले संयुक्त रुपमा संचालन गरेका थिए ।















Post a Comment

 
Top