0
गोल्डेन न्यूज संवाददाता
पत्रकार तथा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माद्धारा लिखित ‘सशक्त आवाज’ पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । महिला सशक्तिकरण नेपाल तथा थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रालिले आयोजना गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी.ले विमोचन गरेका हुन् । पुस्तकमा विकट परिवेशमा संघर्षपूर्ण जीवनयापन गरिरहेका जो ज्ञान र सीपका माध्यमले सशक्त बनेका १० जना महिलाको आवाजलाई समावेश गरिएको छ । पुस्तकको विमोचन गर्दै जि.सी.ले सशक्तिकरण भनेको चुनौति भएको जनाउँदै, जबसम्म चुनौतिहरुको सामना गर्न सक्दैन तबसम्म सशक्तिकरण सम्भव नहुने बताए। जिसीले थ्री सिस्टर्स ति चुनौतिहरुको उदाहरण भएको बताउँदै, महिला सशक्तिकरणका लागि थ्री सिस्टर्सले चालेको कदम निरन्तर अगाडि बढिरहोस् भन्ने कामना गरेका थिए। संघर्ष गरेर आएका १० महिलाको जीवनी समेटेर पुस्तक लेखेकोमा जमुना वर्षा शर्माको कार्य प्रशंसनिय भएको बताउँदै उज्वल भविष्यको कामना गरे । कार्यक्रममा बोल्दै लेखिका तथा सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष शर्माले कष्टपूर्ण यात्रा गरेर आएका १० महिलाको पिडादायी अनुभव किताबमा उतार्दा आफू पनि भावुक बन्न पुगेको बताए । उनले छोटो समयमा सबैको जीवनी लगभग १ हजार शब्दमा समेट्नु सम्भव नभए पनि आफूले धेरै मिहिनेत र अध्ययन गरेर सबैको जीवनीलाई पुस्तकमा उर्तान खोजेको बताए । सोही अवसरमा जुलाई १६ देखि २२ तारिख सम्म अमेरिकामा हुन गइरहेको नेतृत्व विकास सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी १० जना महिलाहरुलाई विदाई गरिइएको थियो । उनीहरुलाई थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रा.लि.का संस्थापक निर्देशक लक्की कार्की, महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की काकी र सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले माला, खादा र टिका लगाएर विदाई गरेका थिए । महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की कार्की, नागरिक समाजका संयोजक रामबहादुर पौडेलले पनि बोलेका थिए । थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रा.लि.का संस्थापक निर्देशक लक्की कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह पश्चिमाञ्चलका महासचिव कविता श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top