0
गोल्डेन न्यूज संवाददाता
सहासिक खेल प्याराग्लाईडङिको व्यवसायिक उडान गर्नुपूर्व खेलाडीको रुपमा लाईसेन्स वितरण गर्न पोखराबाट सुरु गरिएको छ ।
प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघले राष्ट्रिय खेलकुद परिषदको समन्वयमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङ गर्दै आएका १७ जनालाई खेलाडीको रुपमा मान्यता पाउने गरी लाईसेन्स वितरण गरीएको संघका केन्द्रीय उपाध्यक्ष फत्तबहादुर गुरुङले बताए । कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगितामा सहभागिताको लागि सरकारी निकायबाट मान्यता प्राप्त उक्त कार्ड प्राप्त गर्ने खेलाडीहरुले सहज रुपमा सहभागिता जनाउन पाउने भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका संघका उपाध्यक्ष गुरुङले बताए । बुधबार एक समारोहका विच स्पोर्ट ल्याण्डिङको मान्यता प्राप्त १४ जना, ईन्टरमिडेड स्पोटर्स (सोलो) ३ जना र युकेस गुरुङले एड्भान्स स्पोटर्सको मान्यता प्राप्त लाईसेन्स प्राप्त गरेको सचिव ईन्द्र भण्डारीले बताए । ऋषि पौडेल, विशाल परियार, सागर जलारी, रामचन्द्र पुन, प्रज्वल रन्जित, करणजंग कार्की, विष्णु कार्की, हरिचन्द्र श्रेष्ठ, विक्रम सुनुवार, अशोक राई, रविराज दर्लामी, विनोद कुमार खड्का र शिव थापाले स्पोटर्स टेण्डमको लाईसेन्स प्राप्त गरे भने नविन परियार, सुदिप गौतम र माधव पहारीले सोलो पाईलटको लाईसेन्स प्राप्त गरेको संघका महासचिव सैलेन्द्र राउतले बताए । १४ बर्षका युकेस गुरुङले उमेरको हदवन्दीको कारणले गर्दा नागरीकता प्राप्त नगरेकोले उनले एड्भान्स कोर्ष पुरा गरेपनि व्यवसायिक उडान गर्न नागरिकता प्रमाणपत्र पाउनुपर्ने बताए।  राखेपका सदस्य वीरेन्द्र श्रेष्ठले प्याराग्लाईडिङ पाईलटहरुलाई उक्त लाईसेन्स वितरण गरेका थिए । पहिलो चरणमा खेलाडीको रुपमा लाईसेन्स वितरण गरेपछि दोश्रो चरणमा नेपाल नागरिक उडड्यन प्राधिकरण क्यानसंग समन्वय गरी व्यवसायिक प्याराग्लाईडिङ पाईलटको लाईसेन्स वितरण प्रकृयालाई अघि बढाउने भएको महासचिव राउतले जनाए । खेलाडीको रुपमा रहेका पाईलटहरु लाई व्यवसायिक रुपमा लाईसेन्स विरण प्रकृया छिट्टै अघि बढाउनु पर्ने राखेपका प्याराग्लाईडिङ खेलका प्रमुख प्रशिक्षक सानोबाबु सुनुवारले बताए । सरकारी निकायबाट पहिलो चरणमा खेलाडीको मान्यता प्राप्त गरे पछि व्यवासायिक पाईलटको मान्यता पाउने भएको सुनुवारले बताए । १८ बर्ष उमेर पुगेको शारीरिक रुपमा स्वस्थ्य व्यक्तिले सोलो फ्लाईट २ सय घण्टा गरे पछि एड्भान्स पाईलटको रुपमा मान्यता प्राप्त गर्दछ । राखेपबाट मान्यता प्राप्त आधिकारीक प्याराग्लाईडिङ स्कुलबाट प्रशिक्षित भएसंगै केहि एड्भान्स तालिमहरु लिएपछि उनीहरुलाई संघले खेलाडीको रुपमा लाईसेन्स दिने गर्दछ । पोखरामा प्याराग्लाईडिङ गर्ने ६२ वटा कम्पनीहरु रहेका छन ।






Post a Comment

 
Top