0
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन तरकारी तथा फलफूल ढुवानी इकाइको १६ औं स्थापना दिवस एवं १०औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मुक्तबहादुर राइलाई अध्यक्षमा चयन गरेको छ । इकाइमा हाल ३० जना सदस्य रहेका छन्, जसमध्ये अधिकांश धादिङवासी रहेको बताइन्छ । इकाइको उपाध्यक्षमा अर्जुन भुजेल, सचिवमा भेषराज अधिकारी, सह–सचिवमा मिनबहादुर थापा र कोषाध्यक्षमा पित्म पौडेल चयन भएका छन् । यसैगरी इकाइको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रविन्द्र बाग्दास, गणेश थापा र गंगा पौडेल रहेका छन् भने सल्लाहकारहरुमा नन्दलाल भूजेल, टीकाराम अधिकारी, राजु अधिकारी, जिफन्ट प्रतिनिधि सुदर्शन दवाडी र इकाइ इन्चार्ज मेघबहादुर न्यौपाने रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधि परिषद्का प्रमुख ईश्वर आचार्यले मजदूर र मालिक बीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिंदै राष्ट्रले पनि मजदूरको भूमिकाको कदर गर्नुपर्ने बताए । उनले मजदूरका हक अधिकारका लागि मजदूरहरु नै अग्रसर हुनुपर्ने खाँचो औंल्याउँदै सबै मजदूर एक भएर मजदूरका आवाजहरु बुलन्द बनाउनुपर्ने स्पष्ट पारे । इकाइका इन्चार्ज तथा जिफन्ट कास्कीका अध्यक्ष मेघबहादुर न्यौपानेले मजदूरहरुको हक अधिकारका लागि आफू र जिफन्ट कास्की साथमा रहेको भन्दै मजदूरहरुको आफ्नो अधिकार प्राप्त नभएसम्म सबै मजदूर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।इकाइका अध्यक्ष टिकाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट गण्डकीका उपाध्यक्ष रुद्र खत्री, केन्द्रीय सचिव कर्णसिंह गुरुङ, केन्द्रीय सदस्य विष्णु पराजुली, संगठनका गण्डकी अध्यक्ष विष्णु खत्री, इकाइका संस्थापक अध्यक्ष रामबहादुर अर्याल, इकाइ सचिव नन्दलाल भुजेल, पूर्व अध्यक्ष नन्दलाल भुजेल, राष्ट्रिय फलपूmल तथा तरकारी थोक व्यवसायी संघ कृषि उपज बजारका उपाध्यक्ष निर्मल बाँस्तोला, कृषि उपज बजार महिला समूहकी सचिव सरस्वती श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा  राष्ट्रिय फलपूmल तथा तरकारी थोक व्यवसायी संघ कृषि उपज बजारका नयाँ पदाधिकारी एवं सदस्य, कृषि उपज बजार महिला समूहका पदाधिकारी एवं सदस्यका साथै इकाइमा आवद्ध सदस्यहरुका विद्यार्थी छोराछोरीहरु लाई सम्मान गरिएको थियो ।





Post a Comment

 
Top