0
यतिबेला मुलुकको राजनीति थप अन्योल र द्विविधाग्रस्त बन्दै गएको छ। राजनीतिक स्थायित्व, विकास र शान्तिको चाहना राख्ने आम जनसमुदाय यतिबेला चिन्तित देखिएका छन्। गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गरे पनि त्यसअनुपको चरित्र राजनीतिक नेतृत्वले देखाउन नसक्दा यति ठूलो परिर्वतन धरापमा पर्ने आशंका गर्नेह प्रशस्तै छन्। दलहले मुखले राष्ट्रिय सहमतिको कुरा गरे पनि व्यवहारमा त्यस्तो सहमति परपर धकेलिंदै गइरहेको महसुस भइरहेको छ। पछिल्ला घटनाक्रमहले दलीय द्वन्द्व अझै पेचिलो बन्ने र संघीयता कार्यान्वयनमा थप जटिलता उत्पन्न हुने स्थिति सिर्जना हुन थालेको महसूस गरिदैछ। राजनीतिक दलबिनाको राजनीतिको कल्पना गर्न सकिंदैन। त्यसैले दलहलाई लोकतन्त्रको आधार स्तम्भको पमा मान्ने गरिन्छ। तर नेपालजस्ता अल्पविकसित एवं गरिब मुलुकहमा राजनीति बिगार्ने पनि यिनै दलह भएका छन्। नेपालमा सात सालको क्रान्तिपछि झण्डै सात दशकयताको अवधिमा पटक–पटक राजतन्त्रले निरंकुशता लाद्नुमा राजनीतिक दलहको चरित्र एवं व्यवहार धेरै हदसम्म जिम्मेवार थिए। कम्तिमा गणतान्त्रिक नयाँ नेपालमा विगतको कमजोर चरित्र प्रदर्शन नहुनुपर्ने हो। दलहले विगतका गल्ती कमजोरीबाट पाठ सिक्न नचाहेको यसबाट थप प्रष्ट हुन्छ। इतिहासको कठिन घडीमा नै नेतृत्वको मूल्यांकन हुने गर्दछ। २०४६÷०४७ को ऐतिहासिक जनआन्दोलन, २०६२÷०६३ को जनक्रान्तिमा नेतृत्वले सुझबुझ एवं परिपक्वता देखाउन सकेकोले नै महत्वपूर्ण उपलब्धि हासिल भएका हुन्। तर त्यही नेतृत्व सरकारमा पुगेपछि अलोकप्रिय एवं बदनाम हुनु निसन्देह दुःखद् कुरा हो। अहिले पनि अव्यक्तपमा सत्तामा बसिरहने र जसरी पनि सत्तामा पुग्ने चाहनाले दलहबीच द्वन्द्व बढ्दैछ। सबै दलहलाई सत्ता नै चाहिएको हो भने राष्ट्रिय सहमतिको सरकार बनाएर सत्ताको रसस्वादन गर्न संविधानले कतै बन्देज लगाएको छैन। मुख्य कुरो, नियत र चरित्र सफा हुनुप¥यो। त्यो सफा नहुनु नै अहिलेको समस्या हो। देशले शान्ति, स्थिरता र विकासको माग गरिरहेको बेला राजनीतिक दल एवं नेतृत्वको गतिविधि त्यस अनुप हुन नसकेको सत्य हो। यो सत्यलाई स्वीकार गर्न कसैले अप्ठेरो मान्नुहुँदैन। पछिल्लो चरणमा शीर्ष नेतृत्वमा बसेका नेताह नै तल्लो तहको लाञ्छनायुक्त अभिव्यक्ति दिन कस्सिए। त्यो कुनै पनि दृष्टिले शोभनीय होइन। यसबाट हाम्रो राजनीतिक चिन्तन कति दरिद्र रहेछ बुझ्न गाह्रो पर्दैन। मुलुकमा उन्नत राजनीतिक संस्कृतिको विकास हुन नसक्दा नै यस्तो परिस्थिति देख्न र भोन्न परिरहेको छ।


Post a Comment

 
Top