0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरापालिकाका सबै वडामा सौर्यबत्ति जडानका लागि सम्झौता भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सौर्य सडक बत्तिका लागि निकासा भएको २ करोड ५७ लाख रकमको लेखनाथका सबै १९ वटै सार्वजनिक चोकहरुमा जडान गर्नका लागि उक्त सम्झौता भएको हो । सोलार बत्ति जडान गर्नका लागि उपभोक्ता समितिले टेन्डर आह्वान गरेपछि  १४ कम्पनीले निवेदन दर्ता गरेका थिए । १४ कम्पनी मध्ये कम मूल्यमा गर्ने स्वाभिमान उर्जा विकास प्रालिले उपभोक्ता सहभागिताको १५ हजार मध्ये १० हजार छुटमा उक्त सोलार बत्ती जडान कार्यको ठक्का लिन सहमत भएको कार्यदलका सदस्य टिकाराम पंगेनीले बताए । जसअनुसार उपभोक्ताले शुरुमा सम्झौता गर्दा १५ हजार १ सय रुपैयाँ जम्मा गर्नुपर्ने र रनिङ विल प्राप्त भएपछि ठेकेदार कम्पनीले उपभोक्ता सहभागिताको ६६ प्रतिशत रकम फिर्ता गर्ने सहमति भएको र अधिकांश वडाले सम्झौता समेत गरि सकेका पंगेनीले बताए। ठेकेदार कम्पनी स्वाभिमान उर्जा विकास प्रालिले नेपाल सरकारबाट प्राप्त १ करोड ५७ लाख रुपैयाँ अर्थात कामको ६५ प्रतिशत कार्य आषाढ २५ गते भित्रमा नै गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ । १२ भोल्टको व्याट्री, १ सय २५ केजीको पोल, २ सय पाता, ४० वाडको वल्व राख्ने चुनौतिपूर्ण भए पनि आफूरु सेवा दिन तयार रहेको उनले बताए। वडागत हिसावमा हेर्दा समानता नदेखिए पनि आगामी दिनमा समान रुपमा वितरण गर्ने सर्तमा आफूहरुले काम गर्न तयार रहेको उनले बताए । वडागत रुपमा हेर्दा थोरैमा १० वटादेखि धेरैमा ४० वटा बत्ती जडा गरिने भएको छ ।  



Post a Comment

 
Top