0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालको कास्की जिल्ला शाखामा दुर्गा भण्डारी चयन भएकी छिन् । आइतबार कास्कीमा भएको विभिन्न संघ संस्थाको भेलाले भण्डारीलाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा हुर्जा कास्कीका राजेश पराजुली सचिवमा संचारिका समूहका जमुना वर्षा शर्मा र कोषाध्यक्षमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका बलराम गायक चयन भएका छन् । १५ सदस्यीय कार्यसमिति सदस्यमा कोपिला नेपालका विना सिलवाल, महिला मानव अधिकार रक्षक संजालबाट जमुना शर्मा, मानव मिलन नारि जागरणका सावित्री शर्मा, नौलो विहानीका राजु थकाली, पोखरा लेडि जेसिजका प्रमिला सुवेदी, मानव अधिकारका लागि महिला एकल महिला समूहका विष्णु श्रेष्ठ, स्वय्मसेवी मानव अधिकार रक्षक संजाल तारा थापा, प्रेस सेन्टरबाट गोमा घिमिरे नेपाली कानुनी विद्यार्थी संजालका कुञ्जनी परियार प्यासी रहेका छन् बाँकी तीन सदस्यपछि मनोनित  गरिने बताइएको छ ।  यसअघि जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगाराम सुवेदीले प्रमुख अतिथिको मन्तब्य राख्दै मतदाता अधिकारको संरक्षण र प्रवद्र्धनद्वारानै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने सकिने भन्दै मतदाता अधिकारालाई गाउँ गाउँ सम्म पुर्याउन आवश्यक रहेको बताए  । राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालका सदस्य छत्र शंकरले मञ्चको उद्देश्य र कार्य क्षेत्रको बारेमा प्रस्टपार्दै लोकतान्त्रिक अभ्यास, मूल्य मान्यता र प्रणालीलाइ नागरिक समाजको अर्थपूर्ण सहभागिताद्वारा सुदृढ बनाउने काम गर्ने बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले स्वच्छ र धाँधली रहित निर्वाचन र निर्वाचित जनप्रतिनिधि लाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन यस्ता फोरमहरु सक्रिय रुपमा उद्देश्य उन्मुख भइ काम गर्नु पर्ने बताए । कार्यक्रमा नागरिक समाजका राम बहादुर पौडेल, इन्सेकका शिव खकुरेल, गैसस महासंघका गोपाल खड्का, शान्तिकालागि नागरिक समाज संजालका सरला कुमारी पाण्डे, नागरिक संवाद केन्द्रका जुना कुमारी गुरुङ, लगायतले बोलेका थिए। राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालको आयोजना र संचारिका समूह पश्चिमाञ्चलको संयोजनमा सम्पन्न कार्यक्रमको संचालन कविता श्रेष्ठले गरेकी थिइन् ।

Post a Comment

 
Top