0
गोल्डेन न्यूज संवाददाता
जीवनको उत्तरार्धमा ५२ वर्षीया विष्णुमाया गुरुङले हस्तकलाका सामाग्री झोला वुन्ने तालिम लिएकी छन् । कास्कीको दुर्गम पर्यटकीय गाँउ भदौरे–१ की गुरुङले तालिमसँगै व्यवसायलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।  घर अगाडिकै बाटो हुदै पञ्चासेधाम प्रवेश गर्ने विदेशी पर्यटकका लागि झोला विक्री गरी आयआर्जन गर्न कै लागि उनले यस्तो तालिम लिएकी हुन् ।  गाँउमै पहिलो पटक प्रवेश गरेको दश दिने यस्तो  तालिममा वडा नं १ र २ का १० महिलाले सहभागिता जनाएका छन् । सहभागी सवैले झोला वुन्ने तालिमलाई व्यवसायिक रुप दिने प्रतिवद्धता व्यक्त गरेका छन् । विदेशीले पनि हातले वुनेका झोला, ब्याग र अन्य सामाग्री रुचाउने गरेका छन् । हातले वुनेका  यस्ता सामाग्री पर्यटकले वढी मन पराउने गरेका छन् । स्थानीय महिलाको आम्दानीको श्रोत पनि वन्न सक्ने भएकैले मैले यो तालिम लिएकी हुँ, विष्णु गुरुङले भनिन्–पञ्चासेको चिनोको रुपमा समेत यस्ता सामाग्री पर्यटकले लाने गरेका छन् । दुई चार रुपैयाँ खर्च गर्नका लागि श्रीमानको मुख ताक्न पनि नपर्ने, आम्दानी पनि हुने देखेर नै यस्तो तालिम लिएको र अव व्यवसायिक रुपमा नै अगाढि वढ्ने उत्साह विष्णु मायामा छ । वजारबाट उनीको धागो खरिद गरेर ल्याइ झोला वुन्न सक्ने भए, उनले भनिन् । दैनिक दुई वटा झोला वुन्न सकिन्छ, प्रति झोलाको पाँच सय रुपैयाँ मूल्यमा विक्री हुने गर्छ, उनले भनिन् धागो किन्ने खर्च कटाएर दैनिक ६ सय रुपैयाँ पारिश्रमिक आउछ, किन झोला नवुन्ने ? विष्णु मायाको प्रश्न थियो । तालिम फलदायी र समय सापेक्ष बनेको छ, अर्की प्रशिक्षर्थी तारा विकले भनिन्–यस्तो तालिम पहिलो पटक गाँउ पस्यो, गाँउका अन्य थुप्रै महिलाले पनि यस्तो तालिम लिन चाहना गरिरहेका छन् । झोला वुन्ने तालिमसँगै उनीहरुलाई सिलाई सम्वन्धी काम गर्नका लागि ६ वटा हाते सिलाई मेसिन समेत विहीवार आयोजित तालिम समापन कर्यक्रममा प्रदान गरिएको छ । अप्रेशन ब्लेसिङको आर्थिक सहयोग र चेतना महिला  सीप विकास परियोजना पोखराको समन्वयमा उनीहरुलाई झोला वुनाई तालिम दिइएको हो । अप्रेसन ब्लेसिङका प्रतिनिधिले सहभागीलाई प्रमाण पत्र वितरण गर्दै यस्ता सामाग्रीको वजार अन्तर्राष्ट्रिय रुपमा रहेको र उत्पादन वढी गरेमा विक्रीको व्यवस्थापनमा आफूले सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे । चेतना महिला सीप विकास परियोजना पोखरा–६ की कोषाध्यक्ष तारा तिमिल्सेनाले हस्तकलाका सामाग्री विक्री गर्ने जिम्मा आफूले लिने वताइन् । तालिम सम्पन्न गर्न दुई लाम पचास हजार रुपैयाँ खर्च लागेको जानकारी कोषध्यक्ष तिमिल्सेनाले बताइन् ।



Post a Comment

 
Top