0
कास्की जिल्ला तेक्वान्दो संघ ९ वर्ष पुरा भई १० औं वर्षमा प्रवेश गरेको अवसरमा “हिमालयन कम्प्युटर प्रदेश नंं. ४ स्तरीय अन्तर जिल्ला तेक्वान्दो प्रतियोगिता–२०७३” बिहीवारबाट पोखरामा सुरु भयो । कुल १० तौल समूहमा खेलाईने सो खेलमा प्रदेश नं. ४ अन्तर्गत गोरखा, तनहँु, पर्वत, बाग्लुङ, म्याग्दी र कास्की गरी ६ जिल्लाका ६० जना खेलाडीहरुको सहभागिता रहको छ। प्रतियोगिता को मूल संयोजकमा कुमार गुरुङ्ग र विभिन्न समिति अन्तर्गत संयोजकहरुमा निर्णायक व्यवस्थापनमा सुन बहादुर लामा, आर्थिकमा बलराम लामा, टिम व्यवस्थापन तथा प्राथमिक उपचारमा ललितबहादुर धामी, हल व्यवस्थापनमा राजन पौडेल, मेडल तथा प्रमाणपत्र व्यवस्थापनमा किरण गौतम र सूचना तथा अतिथि सम्पर्क व्यवस्थापनमा कुलचन्द्र शर्मा रहेका छन ।
पोखरा रंगशालामा दुई दिनसम्म संचालन हने सो प्रतियोतिाको खर्च ४ लाख ९२ हजार हुने जिल्ला तेक्वोन्दो संघका अध्यक्ष जगन गुरुङ्गले जानकारी दिए। वि.सं. २०६४ सालमा स्थापित कास्की जिल्ला तेक्वान्दो संघले स्थापना कालदेखि नै तेक्वान्दो खेल विकासका लागि विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ। संघले २०७२ फागुनमा संघले पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता “२०१६ पोखरा विश्व तेक्वान्दो हान्मादाङ” समेत आयोजना गरिसकेको छ। संघका गतिविधिबाट तेक्वान्दो खेलको मात्र विकास नभई समग्र पर्यटन क्षेत्र समेत लाभान्वित भएको अध्यक्ष गुरुङ्गले वताए ।





Post a Comment

 
Top