0
गोल्डेन न्यूज संवाददाता
अभियान युवा क्लव र नेपाल खेलकुद पत्रकार मञ्च बीचको मैत्रीपूर्ण सेभेन ए साइड फुटबल खेलमा खेलकुद पत्रकारले  अभियान युव क्लवसंग ४–० गोल अन्तरले जित हात पारेको छ ।  मंचको जित दर्ता गराउन मंचका कार्यसमिति सदस्य सुरज श्रेष्ठले ह्याट्रिक गरेका थिए भने सुशिल नेपालीले एक गोल गरे ।
पोखरा उप–महानगर वडा नं ५ जिरोमा स्थापित अभियान युवा क्लवले आफ्नो स्थापनाको दशौं वर्ष प्रवेशको अवसरमा भेट्रानहरु बीच ‘भेट्रान कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । भाइचारा तथा सम्वन्ध विकासमा जोड दिंदै भएको प्रतियोगितामा मालेपाटन टोल विकास संस्था, पस्र्याङ्ग युनाइटेड क्लव, पोखरा पिस क्लव र जिरो किमी क्लव हरुको सहभगिता रहेको थियो । सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन खेल मैदानमा भएको फाइनल पस्र्याङ्ग युनाइटेडले मालेपाटन टोल विकासलाई १–० ले पराजित गर्दै प्रथम भएको थियो । टिमका लागि एक मात्र गोल अनिल पराजुलीले गरेका थिए । प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक फणिन्द्र राज पौडेल, रिजनल हस्पिटल जिरो किमिका निर्देशक यज्ञ सिग्देल, बाराही उच्च माविका प्राचार्य शिव भण्डारी, क्लवका सल्लाहकार दुर्गा सुनार, यज्ञप्रसाद बाँस्तोला, खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठक, क्लवका उपाध्यक्ष जय प्रकाश थापा (पप्पु), कार्यक्रम संयोजक धर्मेन्द्र घर्ती, क्लवका सचिव राजु गिरी लगायतले विजयी टिम, खेलाडी र सहभागी क्लवहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा भएको थियो ।












Post a Comment

 
Top